ओली–मोदी औपचारिक भेटवार्ता : कुन–कुन मुद्धाले प्राथमिकता पाउला ?

<span class='c1'>ओली–मोदी औपचारिक भेटवार्ता : कुन–कुन</span> <span class='c2'>मुद्धाले प्राथमिकता पाउला ?</span>

काठमाडौं, २४ चैत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दै हुनुहुन्छ । भारत भ्रमणमा पुगेकै दिन शुक्रबार एक्लाएक्लै भेटवार्ता गरेका दुई प्रधानमन्त्रीले शनिबार प्रतिनिधिमण्डलसहित छलफल गर्न लागेका हुन् । भारतीय प्रधानमन्त्रीको सरकारी निवास हैदराबाद हाउसमा बिहान साढे ११ बजे वार्ता सुरु हुने कार्यतालिका छ । वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीसहित उहाँका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, मुख्य सचिव लोकदर्शन रेग्मी लगायतसहभागी हुनुहुनेछ ।

दुवै प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलले बिहानको खाना सँगै खानेछन् । दुवै देशका प्रधानमन्त्रीबीच हिजो भएको एक्लाएक्लै भेट विकासमा साझेदारी गर्ने समझदारी भएको बताएका छन् । भारतीय प्रधानमन्त्रीसँगको भेटमा नेपालले यसअघिका सम्झौताको कार्यान्वयनको विषयलाई जोड दिने तयारी गरेको छ ।

महाकाली सन्धि अनुसार निर्माण हुनुपर्ने पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण टुंग्याउने विषय, नेपालमा प्रतिवन्धित रहेका भारु एक हजार र पाँचसय दरका नोट सटहीको ब्यवस्था, भूकम्प पछिको पुनर्निर्माणमा भारतले गर्ने घोषणा गरेको तर उपलब्ध नगराएको रकम, इनर्जी बैक, नेपाली उत्पादनको भारतमा बजारिकरण, रासायनिक मल आयात, कोशी ब्यारेजको १० किलोमिटर ब्यासमा भारतले बिजुली उपलब्ध गराउनुपर्ने विषय, चाँदनी दोधारा सीमा पार कनेक्टिभिटी, सार्कको बैठकलगायत विषय उठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय उपराष्ट्रपति बैंकया नायडुसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्