आजबाट भारत,अष्ट्रेलिया युरोप जान चाहनेको लागि विराटनगरमा ‘मेघा शैक्षिक मेला’

<span class='c1'>आजबाट भारत,अष्ट्रेलिया युरोप जान चाहनेको</span> <span class='c2'>लागि विराटनगरमा ‘मेघा शैक्षिक मेला’</span>

विराटनगर, २४ चैत ।
भारत,अष्ट्रेलिया युरोप, जापानलगायतका स्थान अध्ययनका लागि जान चाहनेको लागि ‘मेघा शैक्षिक मेला’ २०७४ आजबाट विराटनगरमा सुरु भएको छ । इडेन एकाडेमी कन्सल्टेन्सी र लिङकन एकाडेमीको संयुक्त आयोजनामा शैक्षिक मेला शुरु भएको हो । एकाडेमीले शैक्षिक हबको रुपमा विकास हुँदै गएको प्रदेश १ को अस्याथी राजधानी विराटनगरमा आज र भोली र त्यसपश्चात क्रमश, सुनसरीको इटहरी, धरान र झापाको विर्तामोर्डमा शैक्षिक मेला आयोजना हुने जनाएको छ ।
इडेन एकाडेमी कन्सल्टेन्सीको अध्यक्ष मोहन तिगेलाका अनुसार मेघा शैक्षिक मेला विराटनगरबाट सुरु आज शनिबारबाट शुरु हुने जानकारी दिनुभयो । विराटनगरको नमस्कार होटलमा शनीवार र आईतबाच दुई दिने शैक्षिक मेला पछि ईटहरी बिर्तामोड र धरानमा पनि हुने छ । त्यस्तै विराटनगरपछि इटहरीको मनशान्त क्विन प्यालेसमा चैत २६ गते, विर्तामोडको हनुमान कम्प्लेक्समा चैत २७ र २८ गते हुनेछ भने धरानमा चैत २९ र ३० गते अग्रसेन स्तुती भवनमा हुने आयोजकले जनाएको छ ।
शैक्षिक मेलामा एकै ठाउँ नाम चलेका विश्वविद्यालय तथा कलेजहरुको सहभागी रहेका छन् । मेलामा अट्रेलिया, भारत, जापान लगायतका देश भित्र रहेको नाम चलेको २० वटा कलेजहरुले सहभागीता जनाउने छन् । यस्तो शैक्षिक मेला पूर्वाञ्चलमै पहिलो पटक हुन लागेको एकाडेमीका निर्देशक गम्भिर भगतले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई मेलामा आएर प्रत्यक्ष रुपमा फाईदा लिन आग्रह भगतको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्