आज शनिबारबाट विराटनगरको होटल नमस्कारमा जारी मेलामा प्रदेश नम्बर २ का जिल्लाका विद्यार्थीहरुको समेत उपस्थित रहेको छ । एक नम्बर प्रदेश बाहेक अन्य सिराह, सप्तरी, राजविराज लहानदेखि पनि विद्यार्थीहको उपस्थित रहेको छ । इडेन एकाडेमी कन्सल्टेन्सी धरान र लिङकन एकाडेमीको संयुक्त आयोजनामा शनिबारदेखि शैक्षिक मेला विराटनगरमा जारी छ । एकाडेमीले शैक्षिक हबको रुपमा विकास हुँदै गएको प्रदेश १ को अस्याथी राजधानी विराटनगरमा आज र भोली र त्यसपश्चात क्रमश, सुनसरीको इटहरी, धरान र झापाको विर्तामोर्डमा शैक्षिक मेला आयोजना हुने इडेन एकाडेमी
कन्सल्टेन्सीको चिर्यरपर्सन मोहन तिगेलाले जानकारी दिए ।
विराटनगरको नमस्कार होटलमा शनिवार र आईतबाच दुई दिने शैक्षिक मेला पछि ईटहरी बिर्तामोड र धरानमा पनि हुने छ । त्यस्तै विराटनगरपछि इटहरीको मनशान्त क्विन प्यालेसमा चैत २६ गते, विर्तामोडको हनुमान कम्प्लेक्समा चैत २७ र २८ गते हुनेछ भने धरानमा चैत २९ र ३० गते अग्रसेन स्तुती भवनमा हुने आयोजकले जनाएको छ ।
शैक्षिक मेलामा एकै ठाउँ नाम चलेका विश्वविद्यालय तथा कलेजहरुको सहभागी रहेका छन् । मेलामा अट्रेलिया, भारत, जापान अमेरीका, यूरोप लगायतका देश भित्र रहेको नाम चलेको २० वटा कलेजहरुले सहभागीता लिकंन एकाडेमीका निर्देशक गम्भिर भगतले जानकारी दिए ।