क्यानडाको जुनियर आइस हक्की टिमको बस दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु

<span class='c1'>क्यानडाको जुनियर आइस हक्की टिमको बस</span> <span class='c2'>दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु</span>

क्यानडाको जुनियर आइस हक्की टिमका सदस्य चढेको बस लरीसँग ठोक्किएर गम्भीर दुर्घटना भएको क्यानडेली प्रहरीले पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका भएको दुर्घटनामा कम्तिमा १४ जनाको क्यानडेली अधिकारीलाई उद्धृत गर्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ । सेस्काचेवान राज्यको उत्तरी क्षेत्र टिस्डालेमा दुर्घटना भएको रोयल क्यानडियन माउन्टेड पुलिसले जनाएको छ । बसमा २८ जना रहेको र त्यस मध्ये ड्राइभरसहित १४ जनाको ज्यान गएको पुष्टि रोयल क्यानडियन माउन्टेड पुलिसले गरेको छ । अरु १४ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाका कारण जुनियर आइस हक्की टिमका सदस्यका अभिभावकले भोग्नु परेको मनोदसाको आफूले अनुमान पनि लगाउन नसक्ने उल्लेख गरेका छन् । लरी र क्यानडेली जुनियर हक्की टिम चढेको बस नेपाली समय अनुसार शनिबार बिहान पौने पाँच बजे ठोक्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्