किड्जी प्रि स्कुलको वार्षिक उत्सव तथा दिक्षान्त समारोह सम्पन्न

<span class='c1'>किड्जी प्रि स्कुलको वार्षिक उत्सव</span> <span class='c2'>तथा दिक्षान्त समारोह सम्पन्न</span>

विराटनगर २४ चैत । विराटनगर २ मा रहेको किड्जी प्रि स्कुलले वार्षिक उत्सव तथा दिक्षान्त समारोह विराटनगरमा भव्यरुपमा मनाएको छ ।
विराटनगरको अतिथी सदनमा आयोजित कार्यक्रममा विराटनगर मेयर भीम पराजुली कार्यक्रमका प्रमुख अतिथी थिए । विद्यार्थीहरुले कार्यक्रममा नृत्य , गीत, कला तथा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुलाई डान्स गुरु रेमो रायले स्कुलका बालबालिकाहरुको नृत्यको कोरीयोग्राफी गरेका थिए । स्कुलकी संचालिका शोभीका पाण्डेले कार्यक्रममा सिनीयर विद्यार्थीहरुलाई दिक्षीत गरेकी थिईन् । छोटो समयमा लोकप्रिय भएको स्कुलले शिक्षाको क्षेत्रमा महत्वपुर्ण फड्को मारेको छ ।

कार्यक्रमका प्रमुख अतिथीले मेयर भीम पराजुलीले साना बालबालिकाहरुको प्रतिभा देखेर गौरब गरेका थिए अहिला बालबालिकाहरुलाई पढाईका अलव अतिरीत्त क्रियाक्लापमा सहभागी गराउनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्