रंगेलीमा आगलागी, ७ लाख बराबरको क्षति

रंगेलीमा आगलागी, ७ लाख बराबरको क्षति

 विराटनगर१४ चैत्र । मोरङको रंगेली नगरपालिका ७ स्थित रंगेली गौशालाको परालको गोदाममा शनिबार विहान आगलागी भएको छ। विधुत सर्ट भइ अचानक लागेको आगोले गोदाम तथा पराल समेत जल्दा ६ लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी दमकल, प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जानएको छ।यस्तै मोरङकै धनपालथान गाउँपालिका(३ सोहोराभाग बस्ने गंगाराम मण्डलको भान्सा घरबाट विहान २ बजे अचानक लागेको आगोले उनको भान्सा घर तथा गोठ समेत जल्दा अन्दाजी १ लाख बराबरको क्षति भएको छ। आगलागी स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्