विराटनगरको सुप्रिम होटल स्कुलका विद्यार्थीले यसरी प्रदर्शन गरे ‘पाककला’ (फोटो फिचर सहित)

विराटनगरको सुप्रिम होटल स्कुलका विद्यार्थीले यसरी प्रदर्शन गरे ‘पाककला’ (फोटो फिचर सहित)

प्रेम देवान

विराटनगर २४ चैत । पछिल्लो समय होटल मेनेजमेन्ट तिर विद्यार्थीहरुको आर्कषण बढ्दो छ । होटल मेनेजमेन्टमा नै धेरै विद्यार्थीहरुले आफ्नो भविष्य पनि बनाईरहेका छन् । अहिले विराटनगरमा पनि होटल मेनेजमेन्टका स्कुल तथा कलेजहरु धमाधम खुलिरहेका छन् ।

यसैविच विराटनगर १२ स्थित सुप्रिम होटल स्कुले अहिले सम्म ३ वटा व्याचका विद्यार्थीहरु भर्ना गराई बिदाई गरिसकेको छ । यसैविच शुक्रबार सुप्रिम होटलका चौथो व्याजका विद्यार्थीहरुले प्रयोगात्मक अन्र्तगत ‘पाककला प्रदर्शन’ गरेका छन् ।

१८ महिने होटल म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्दै आएको सुप्रिमले स्कुलमा अध्ययनरत विद्यार्थीहरुले कोर्ष अन्र्तगत ‘पाककला’ प्रदर्शन गर्ने गरेको स्कुलले जानकाएको छ ।
२ महिना अघि भर्ना भएका विद्यार्थीहरुले शुक्रबार आफैले बनाएका परिकार निर्माण गरी विद्यार्थीका अविभावक, शिक्षक र आगन्तुक पाहुनाहरुलाई खुवाएका थिए । विद्यार्थीले गाजरको हलुवा, नौ वटा परीकारबाट बनेको नवरतन पुलाउ , मटन रोगन जोस,मेनस्ट्रोन सुप, रसियन सलाद बनाएका थिए ।

विद्यार्थीहरुले १८ महिने कोर्ष अन्तरगत स्कुलले छ महिना पाठ्यक्रममा आधारित प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको स्कुलका एकेडेमिक डाइरेक्टर पुष्पराज पडालले जानकारी दिए ।

डाइरेक्टर पडाललका अनुसार स्कुलले एक बर्ष ‘इन्टर्न’कालागि नेपाल, भारत, चाईना, थाईलेण्ड, दुवई र मलेसिया जस्ता देशहरुमा पठाउदै आएकाछौ ।

स्कुलले एक बर्षमा जनवरी र जुलाईमा २५ देखि ३० जना विद्यार्थीहरुलाई पढाउदै आएको छ ।

रोजगार मुलक अध्ययन भएकाले विद्यार्थीहरुको आर्कषण पनि पढदै गएको उनको भनाई छ । एसएलसी र एसईई डी र इ ग्रेटमा पास गरेका विद्यार्थीहरुले पनि यो विषय स्वत अध्ययन गर्न सक्ने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्