विराटनगरको जतुवामा सप्ताह लगाउन आएका पण्डितमाथि गोली प्रहार ।

<span class='c1'>विराटनगरको जतुवामा सप्ताह लगाउन आएका</span> <span class='c2'>पण्डितमाथि गोली प्रहार ।</span>

विराटनगर, २५ चैत ।
विराटनगर महानगरपालिका वडा नम्बर १४ को जतुवामा पण्डित माथि अपरिचित ब्यक्तिले गोली प्रहार गरेको छ । रातीको १ बजेको समयमा पिसाव गर्नको लागि निस्कने क्रममा चतराका पण्डित श्रीश्री निवास आचार्यमाथि गोली प्रहार भएको स्थानीय अनिता ढकालले जानकारी दिनुभयो ।
सप्ताह लगाउनको लागि राम जानकी मन्दीरमा आएका उनलाई गोली प्रहार भएको जनाईएको छ । यस बारेमा प्रहरीले केही जानकारी दिएको छैन ।
गम्भीर घाईते भएका पण्डितलाई न्युरो अस्पतालमा उपचारको लागि राखिएको जनाईएको छ । यसको बिस्तृत बिवरण आउन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्