[अपडेट] हिन्दु धर्मकाे दलालहरू भन्दै यसरी भयो विराटनगरमा सन्त माथि गोली प्रहार ! (फोटो फिचर सहित)

[अपडेट] हिन्दु धर्मकाे दलालहरू भन्दै यसरी भयो विराटनगरमा सन्त माथि गोली प्रहार ! (फोटो फिचर सहित)

प्रेम देवान

विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा आइतबारदेखि एक साताका लागी श्रीमदभागवत महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानियबासी अघिल्लो दिनदेखि नै सबै तयारीमा जुटिरहेका थिए । आईतबार विहान ६ बजे कलस यात्रा गर्ने तयारीमा थिए ।
तर भोलीपल्ट बिहान पनि हुन नपाउदै आईतबार बिहान १ः४५ बजे ठूलो आवाजमा बन्दुकको गोली पड्केको सुनेर मध्यराती सुतिरहेको सबैको कानमा पर्यो । स्थानियवासी कतिपय सपना हो भन्दै थिए, भने कतिपय साच्चिकै गोली चलेको हो भनेर हो होल्ला गर्दै आ–आफनो घरबाट निस्कीए । गोली चलेको आवाज सुनेर सबैजना गोली चलेको स्थानतिर गए ।
घटना भएको स्थानमा पुगेका एक स्थानिय विद्यानन्द यादवका अनुसार हामी भोलीको लागी तयारी गर्ने भनेर सुतिरहेका थियौ तर राती अचानक १ः४५ बजे तिर ठूलो आवाज आयो हामी सबैजना उठ्यौ र घटना भएको स्थानमा गयौ । त्यहाँ गुरु माथी गोली प्रहार भएको रहेछ हामीले तत्काल प्रहरीलाई खबर गर्यौ ।
विराटनगर १४ मा रहेका श्रीरामजनकी सामुदायिक भवनमा सुतेका श्री श्रीशिरोमणी श्री श्री निवासाचार्य माथी गोली प्रहार भएको थियो । निवासाचार्य माथी शौचालय गएको बेला गोली प्रहार भएको देखिन्छ । भर्खरै बन्दै गरेको नयाँ शौचालय बाहिर गोलीको २ वटा खाका र घटना स्थानमा रगतम्मे देखिन्छ । तस्वीरमा पनि तपाईले देख्न सक्नुहुनेछ ।
मध्यराती नचिनेका मानिसको समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भई तत्काल उनलाई न्यूरो अस्पतालमा उपचारर्थ रहेका छन् । अज्ञात समूहले तीन राउण्ड गोली प्रहार गरेकोमा एउटा गोली श्रीनिवासको छातीमा लागेको छ । घटना स्थालमा खबरदारी र होसियार ‘हिन्दुधर्मका दलालहरुको ’शिर्षकको एउटा प्रचा भेटिएको छ ।
न्यू अस्पताललमा उचारर्थ गराईरहेका निवासाचार्यलाई विराटनगरका मेयर भीम पराजुली, जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख अरुण कुमार बिसी लगायत उनका शुभचिन्तकहरुको बाक्लो भिड रहेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख अरुण कुमार विसीले घटनाको तत्काल अनुसन्धान सुरु गरिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्