संकटालाई फराकिलो अन्तरले पाखा लगाउँदै थ्रीस्टार फाईनलमा, नेपाल अार्मीसँग उपाधीका लागि भिड्ने

<span class='c1'>संकटालाई फराकिलो अन्तरले पाखा लगाउँदै थ्रीस्टार</span> <span class='c2'>फाईनलमा, नेपाल अार्मीसँग उपाधीका लागि भिड्ने</span>

विराटनगर २५ चैत । संकटा क्लब विरुद्ध सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सहिद रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटालाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधि रक्षाका लागि विभागिय टिम त्रिभुवन आर्मी क्लबसंग आगामी सोमबार प्रतिष्पर्धा गर्नु पर्ने छ । थ्रीस्टारका लागि विदेशी खेलाडी मार्टिनले दुई, बुद्ध चेम्जोङ र विमल घर्तीमगरले एक÷एक गोल गरे । थ्रीस्टार मनाङ मस्र्याङदी र संकटा सशस्त्र प्रहरी बललाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए ।
खेलको ४० औं मिनेट सम्म थ्रीस्टारलाई होल्ड गर्दै नियन्त्रणमा राखे पनि २०७० सालको विराट गोल्डकप विजेता संकटाले संकट टार्न सकेन । सशस्त्र प्रहरी बल १–० गोल अन्तरले पराजित हुँदा त्यतिबेला संकटाले उपाधि उचालेको थियो । पहिलो हाफको अन्तिम समयदेखि सुधारिएको प्रदर्शन गरेको थ्रीस्टारले फराकिलो जित निकाल्दै गत माघ १९ गते सुमन बम्जन स्मृति फाउण्डेशनद्धारा आयोजित तेस्रो हेटौंडा गोल्डकपको क्वाटरफाइनलमा संकटासंग बेहोरेको पराजयको बद्ला लियो । पहिलो हाफमा पहिलो गोल भेटेपछि दवावमा परेको संकटाको थ्रीस्टार विरुद्धको प्रदर्शन निक्कै फितलो थियो ।
थ्रीस्टारले ४३ औं मिनेटमा मार्टिनको खेलमार्फत अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा मार्टिनले बललाई जाली चुमाउँदा संकटाका गोलरक्षक सागर रायले नियाल्न पनि भ्याएनन् । त्यसपछि संकटाले लय गुमाएको फाइदा थ्रीस्टारले लिन सक्यो ।
पहिलो हाफ १–० गोल अन्तरमा सकियो । ५५ औं मिनेटमा थ्रीस्टारका बुद्ध चेम्जोङले अर्को गोल थप्दा खेल २–० को अवस्थामा आयो । निराजन खड्काको प्रहारलाई गोलरक्षक रायले ‘क्लियर’ गर्न नसकेको फाइदा उठाउँदै चेम्जोङले बललाई पोष्टको दिशा दिएका थिए । ७६ औं मिनेटमा थ्रीस्टारका रुपेश केसीको क्रस पासमा मार्टिनले सुन्दर ढंगबाट गोल गर्दै टिमको अग्रता बढाएर लगे । ७९ औं मिनेटमा विमल घर्तीमगरले गोल थपेपछि खेल ४–० को अवस्थामा टुँगियो । मध्यभागबाट एक्लै अघि बढेका घर्तीमगरले सहज रुपमा गोल गर्दै अवसरलाई खेर जान दिएनन् ।
दोस्रो हाफपछि निरन्तर पोष्ट आक्रमणको रणनीति बुनेको थ्रीस्टार ८ औं मिनेटमा अग्रता लिनबाट चुक्यो । खाली पोष्टमा विजय धिमाल चुक्दा अग्रता लिन ४३ औं मिनेट सम्म पर्खनु पर्यो । ३९ औं मिनेटमा बुद्ध चेम्जोङको प्रयास पनि असफल भयो । ४१ औं यमिनेटमा कप्तान निराजन खड्का पनि चुके । १५ औं मिनेटमा सुनिल खड्काको प्रहार दायाँ बार हुँदै बाहिरिंदा संकटा थ्रीस्टारलाई दवावमा राख्नबाट चुक्यो । ४२ औं मिनेटमा सुनिलकै प्रहारमा थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने बाधक बन्दा संकटा सम्हालिन सकेन ।
६२ औं मिनेटमा लक्ष्मण रुचालले विपक्षी अवरोधलाई छिचोल्दै मिलाइदिएको बलमा विदेश खेलाडी फोडे ढिलो हुँदा संकटा संकटमा पर्यो । अतिरिक्त समयमा जिब्रेलको प्रहार पोष्टमाथिबाट बाहिरिंदा संकटाले सान्त्वान गोल पनि फर्काउन सकेन । ८३ औं मिनेटमा सुनिल खड्काको सहयोगमा पोष्ट नजिकैबाट मार्टिनको हेड प्रहार विपक्षी गोल रक्षकको हातमा पुग्दा थ्रीस्टारले पाँचौं गोल थप्न सकेन । सिजनमा १० वटा प्रतियोगितामा सहभागी थ्रीस्टार विराट गोल्डकप सहित गरेर आठवटामा फाइनलमा पुगेको टिम हो । उसले यस अघिका चारवटा गोल्डकपमा उपाधि उचालिसकेको छ ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा थ्रीस्टारलाई ‘डोमिनेट’ गर्नसके पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दर्भाग्यपूर्ण भएको बताए । उनले ‘होल्ड’ गर्दा गर्दै सुरुवाती गोल खानुनै खेलको ‘टर्निङ’ प्वाइन्ट बन्न पुगेको प्रतिक्रिया दिए । ‘एउटा सानो गल्तीले गर्दा सुरुवाती गोल खाइयो,’ उनले भने, ‘एक गोल खाएपछि तालमेल गुमाउँदै खेलाडी हतारिएर खेल्न थाल्नु पनि हारको मुख्य कारण बन्यो ।’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले संकटा विरुद्धको उत्कृष्ट प्रदर्शनले नै सहज जित दिलाएको बताए । उनले भने, ‘संकटा विरुद्ध राम्रो प्रदर्शन गरे पनि मनाङसंग जत्तिको उत्कृष्ट प्रदर्शन भने खेलाडीले देखाउन सकेनन् ।’
खेलको म्यान अफ दी म्याच थ्रीस्टारका विमल घर्तीमगर भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्