घर लिप्ने माटो लिन गएकी भगिमायाकाे माटोको ढिस्कोले पुरिएर मृत्यु

<span class='c1'>घर लिप्ने माटो लिन गएकी</span> <span class='c2'>भगिमायाकाे माटोको ढिस्कोले पुरिएर मृत्यु</span>

विराटनगर २५चैत्र । घर पोत्न प्रयोग गरिने रातोमाटो खन्न पुगेकी एक महिलाको माटोले पुरिएर अकाल मै मुत्यू भएको छ । मोरङको लेटाङ नगनगरपालिका ९ जाँते स्थित बाह्रगोठेमा माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर विनोद दुलालकी श्रीमती २५ बर्षीय भगिमाया मगर (दुलाल) को ईलाका प्रहरी कार्यलय लेटाङले बताएको छ ।

विहान माटो लिन स्थानिय तेलि खोला नजिक बाह्रगोठे स्थित कोपीला सामुदायीक वन क्षेत्रमा रहेको माटो खन्ने ठाँउमा माटो लिन श्रीमान्सगै गएकी मगरको आज आईतबार बिहान करिव साढे नौ बजे तिर मृत्यु भएको बताईएको छ । श्रीमतीको मृत शरिर देखेपछि श्रीमान विनोद केहीबेर बेहस अवस्थामा पुगेका थिए । उनको लेटाङ ८ स्थित पोलिक्लनिकमा उपचार भएपछि घर फर्कीएका छन् । श्रीमती भित्रबाट माटो दिईरहेकी आफु वाहिर बसी वोरामा माटो थापिरहेका वेला अचानक खसेको ढिस्कोले उनलाई पुरेको मृतकका श्रीमानेले वताए ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे उर्लाबारी अस्पतालमा राखिएको छ भने पोष्टमार्टम पछि भोलि सोल्टि खोलामा दाहसंस्कार गरिने पारिबारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्