मोरङको विभिन्न स्थानमा दुर्घटनामा, ६ जना घाइते

<span class='c1'>मोरङको विभिन्न स्थानमा दुर्घटनामा,</span> <span class='c2'>६ जना घाइते</span>

विराटनगर २५ चैत । मोरङको विभिन्न स्थानमा शनिबार साँझ भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
पथरी(शनिश्चरे नगरपालिका ९ महेन्द्र चोकमा शनिबार साँझ ५ बजे को १४ प २२५३ नम्बरको मोटरसाइकलले साइकललाई जोगाउने क्रममा दुर्घटना हुँदा तीन जना घाइते भएका छन। घाइते हुनेमा मोटरसाइकलका चालक पथरी(४ बस्ने रविन कार्की, पछाडि सवारी पथरी(८ बस्ने भुपेन्द्र कार्की तथा साइकलयात्री पथरी(९ बस्ने राम धिमाल रहेका छन। घाइते तीनै जनाको अवस्था सामान्य छ। उनीहरुलाई स्थानीय मोरङ अस्पताल र्पुयाई उपचार गराइएको छ।

[caption id="attachment_46832" align="aligncenter" width="797"] file photo[/caption]

यसैगरी बुढीगंगा गाँउपालिका ३ कोशी राजमार्गमा मोटरसाइकलले ठक्कर दिएर स्थानीय पैदलयात्री बिरु सरदार घाइते भएका छन। सरदारलाई शनिबार राती ८ बजेतिर उत्तरबाट दक्षिणतर्फ जादै गरेको नम्बर खुल्न नसेको मोटरसाइकलले ठक्कर दिएर फरार भएको हो। घाइते सरदारलाई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएको छ भने फरार मोटरसाइकल चालकको खोजी कार्य भई रहेको छ। यस्तै लेटाङ नगरपालिका ४ स्थित भित्री सडक खण्डमा ट्याम्पु दुर्घटना हुँदा चालक लेटाङ नगरपालिका ९ बस्ने सोमकुमार लिम्बु घाइते भएका छन। पश्चिम बाट पूर्व घरतर्फ जादै गरेको को १ ह ९१५७ नम्बरको ट्याम्पु राती करिब ९ बजे अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ। घाइते चालककलाई उपचारका लागि विराटनगरतर्फ ल्याइएको छ भने दुर्घटनाग्रस्त ट्याम्पु इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ। यता सुन्दर(हरैचा नगरपालिका ४ गछिया चोकमा राती पौने ९ बजेतिर को २५ प ८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक मोरङ विराटनगर महानगरपालिका ४ बस्ने अजय चौधरी घाइते भएका छन्। घाइते चौधरीको सामुदायिक अस्पताल इटहरीमा उपचार भई रहेको छ। उनको अवस्था सामान्य रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्