बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको आशंकामा दुईजना पक्राउ [अपडेट]

<span class='c1'>बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको</span> <span class='c2'>आशंकामा दुईजना पक्राउ [अपडेट]</span>

विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा एक हप्ताकोलागी श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको आशंक दुईजनालाई मोरङले प्रहरी प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीका अनुसार घटना स्थलबाट दुई जनालाई शंका लागी पक्राउ गरिएको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न मोरङका सबै ठाउँमा सर्च अभियान चलाएको जनाएको छ । यसैविच प्रहरीले भने पक्राउ गरिएका दुई व्याक्तीको नाम भने सार्वजनिक गरेको छैन । प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले भने ‘अहिले हामीले पक्राउ गरिएका व्याक्तीमाथी गोप्य रुपमा अनुसन्धान गरिरहेका छौ । तत्काललाई अनुसन्धान गरिरहेका छौ ।’ विराटनगर–१४ जतुवास्थित श्री रामजानकी मन्दिरमा आईतबारदेखि हुने श्रीमद्भागवत महापुराणमा सहभागी हुन आचार्य गएराती ८ बजे विराटनगर आईपुगेका थिए । आइतबार विहान भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट दुई जनालाई पक्राउ थियो ।
आइतबार विहान १ ः ४५ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको छ । आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा अहिले उपचार भइरहेको छ । चतराका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाद्धाराले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।
विराटनगरको समस्त ओमकार परिवारले आईतबार बिहान १० बजे पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेका हुन् । बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाले विराटनगरको धरान विराटनगर चल्ने यातायाता केहीबेर अवरोध गरेका थिए । उनीहरुले हिन्दुराज्य कायम गर , विदेशी धर्म चाहिदै, गोली हान्नेलाई कारबाही गर, हिन्दु धर्मको विरोध गर्न पाईदैन भन्दै नारावाजी गरेका थिए । यसैविच उनीहरुले विराटनगर बजार बन्द गराउन आव्हान गरेका थिए ।

याे पनि पढ्नुहाेस्:
बालसन्त स्वामी माथी गोली प्रहारकाे विरोधमा विराटनगरमा विरोध प्रदर्शन, स्थानिय व्यापारीद्धारा प्रतिरोध

[अपडेट] हिन्दु धर्मकाे दलालहरू भन्दै यसरी भयो विराटनगरमा सन्त माथि गोली प्रहार ! (फोटो फिचर सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्