निजी विद्यालयले लिने चर्को मुल्यवृद्धीको अखिल क्रान्तिकारीद्धारा विरोध

<span class='c1'>निजी विद्यालयले लिने चर्को</span> <span class='c2'>मुल्यवृद्धीको अखिल क्रान्तिकारीद्धारा विरोध</span>

विराटनगर २५ चैत । निजी विद्यालयहरुले मनोमानी ढङ्गबाट लिदै आएको स्कुल फिसको चर्को मुल्यवृद्धीको अखिल क्रान्तिकारी विद्यार्थीहरुले विरोधको माग गरेका छन् ।
अखिल क्रान्तिकारी रमाइलो बहुमुखी क्याम्पसको पाँचौ ईकाई भेलामा आयोजित कार्यक्रममा आखिल क्रान्तिकारीका विद्यार्थीहरुले चर्को मुल्यको विरोध जनाएका छन् ।
तिर्थराज पाचकोटीको अध्यक्षता तथा प्रमुख अतिथी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा मोरङ्ग जिल्ला इन्चार्ज दिपेन्द्र मेहता , विशिष्ट अतिथी केन्द्रिय सदस्य तथा मोरङ्ग संयोजक ताजिम अन्सारीको उपस्थित रहेको थियो ।
कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा मोरङ्ग जिल्लाका संयोजक ताजिम अन्सारीले निजी विद्यालयहरुले मनोमानी ढङ्गबाट विद्यार्थीहरुका अभिभावकको ढाँड सेक्नेगरी लिईदै आएको चर्को स्कुल फिको विरोध गर्नुपर्ने बताए । उनले निजी विद्यालयको चर्को मुल्यवृद्धीलाई बढाउन कुनै पनि हालतमा सम्झौता नगरीने बताए । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा मोरङ्ग जिल्ला इन्चार्ज दिपेन्द्र मेहताले विद्यालयले शुल्क निर्धारण गर्दा अनिवार्यरुपमा अभिभावकको पनि भेला गराउनु पर्ने बताए । विश्व विद्यालय , क्याम्पस लगायत शैक्षिक क्षेत्रमा राजनैतिक भागभन्डाको अत्य गरिनुपर्नेमा विद्यार्थीहरुले जोड दिए ।

पाचौं एकाई सम्मेलनले पाँचकोटीलाई चुनियो
अखिल क्रान्तिकारी रमाइलो बहुमुखी क्याम्पसको पाँचौ ईकाई भेलाले तिर्थराज पाँचकोटिको अध्यक्षतमा ३१ सदस्यीय कमिटी गठन भएको छ ।
क्याम्पस परिसरमा आईतबार भएको भेलाले उपाध्यक्षमा शिवलाल श्रेष्ठ , मदन कृष्ण श्रेष्ठ, सचिवमा निपेश उप्रेती , सह सचिवमा रुपा श्रेष्ठ र कोषाध्यक्षमा बिराज खनाल चयन भएका छन् । त्यसैगरी दुलारचन्द चौधरीको सहित ३१ सदस्य कमिटी चयन गरिएको छ । कमिटीमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुलाई कार्यक्रमका अतिथीहरुले बधाई तथा सफल कार्यकाल को शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्