भारतको राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता

<span class='c1'>भारतको राजकीय भ्रमण पूरा</span> <span class='c2'>गरी प्रधानमन्त्री स्वदेश फिर्ता</span>

काठमाडौं, २५ चैत  ।

भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषिलगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारले नेपाली जनमतको सम्मानसँग स्वागत गरेकाले भ्रमण सफल रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति, उप–राष्ट्रपति, नेता, व्यापारी, वौद्धिक वर्गसँगको भेटघाट फलदायी भएको प्रधानमन्त्रीले बताउनुभएको छ । ‘जनताको अभिमत बोकेर म भारत भ्रमणमा गएको थिए’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यो अभिमतलाई भारतले स्वागत गर्यो ।’

प्रधानमन्त्री ओलीले भारतसँग केही नयाँ सम्झौताहरु भएको बताउनुभएको छ । ‘कृषि बजार तथा व्यापारमा केही सम्झौता र समझदारी भएका छन् । सीमा सम्बन्धि विवाद गम्भीरताका साथ समाधान हुने छ’, ओलीले भन्नुभयो, पञ्चेश्वर परियोजनाको विषयमा पनि हामीले कुरा राखेका छौ । त्यो चाँडै समाधान हुन्छ ।‘

शुक्रबार दिल्ली विमानस्थलमा स्वागत गर्ने भारतीय गृहमन्त्री राजनाथ सिंहले नै ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्