पर्शुराम बस्नेतले पाए सम्पती शुद्धिकरण मुद्दामा सफाइ

पर्शुराम बस्नेतले पाए सम्पती शुद्धिकरण मुद्दामा सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा फैसला गर्दै विशेष अदालतले परशुराम बस्नेतलाई सफाइ दिएको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले आइतवार उनलाइ सफाइ दिएको हाे । उनलाइ सफाइ दिइएकाे बारेमा अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएका हुन् ।

युवा संघका नेता समेत रहेका बस्नेतले सम्पत्ति शुद्धीकरण अन्तर्गत अपराध गरेर सम्पत्ति अार्जन गरेकाे प्रमाणीत नभएकाे भन्दै सफाइ दिइएकाे बताइएकाे छ । बस्नेतसँगै उनकी श्रीमती अञ्जुसिंह बस्नेतलाई पनि विशेष अदालतले सफाइ दिएको हाे । ११ करोड ६१ लाख ४१ हजार ९७७ रूपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको भन्दै बिगोसहित सम्पत्ति शुद्धीकरण विभागले उनी विरूद्ध २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अन्तर्गत अदालतमा मुद्दा दायर गरेको थियो ।

बस्नेत एमाले सम्बद्ध युवा संघका नेता हुन् भने उनी केहि वर्षअघि पत्रकार खिलानाथ ढकाल माथि भएकाे अाक्रमणकाे घटनासँग जाेडेर हेरिएका व्यक्ति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्