विराटनगर २६ चैत । सोमबार बिहान परेको चट्याङ्गबाट एक किसानको मृत्यू भएको छ । जहदा गाँउपालीका ३ बस्ने अन्दाजी ५५ बर्षिया रामु मरण्डीको घटना स्थालमा नै मृत्यू भएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।
आज विहान करिब ८ ः २० बजेको समयमा खेतमा काम गर्न गएको बेला अचानक पानीसँगै परेको चट्याङ्गलागेर मरण्डीको मृत्यू भएको हो । मरण्डीको कोशी अञ्चल अस्पतालमा पोष्टमार्टममा राखिएको छ ।