वुढिगंगामा ऐतिहासिक अनुष्ठान धान्याचल महोत्सव हुने

वुढिगंगामा ऐतिहासिक अनुष्ठान धान्याचल महोत्सव हुने

विराटनगर २६ चैत्र । सस्कृति वेद विद्यालय श्री हरी अध्यात्मिक गुरुकुलको भौतिक पुर्वाधार निमार्णका तथा विद्यालय संचालकालागी अक्षयकोष स्थापनागर्ने उदेश्यले वुढिगंगा गाउपालिकामा ऐतिहासिक अनुष्ठान तथा सवालाख हनुमान चालिसा पाठ सहित धान्याचल महोत्सव २०७४ हुने भएको छ ।
महोत्सव आयोजक समितिले विराटनगरमा आईतबार पत्रकार सम्मेलनगरी संचालनमा रहेको सो विद्यालयलाई व्यवस्थित वनाउन धार्मिक महोत्सव आयोजनागर्न लागेको जनाएको छ । वुढिगंगा–३ मा रहेको श्री रामजानकी मन्दिरको श्रीहरी आध्यात्मिक गूरुकुलमा धार्मिक महोत्वस आयोजना हुन लागेको हो ।
चैत २८ गतेदेखी वैशाख ८ गते सम्म महोत्सव संचालन हुुने आयोजक समितिले जनाएको छ । चैत २८ गते कलशयात्रा शुुरु गरेर प्रारम्भहुने सो धार्मिक महोत्सवमा चैत २९ गतेदेखी वैशाख ७ गतेसम्म हनुुमान चालिसा पाठ संगितमय कथा भजन कृतन तथा वैशाख ८ गते पुर्ण आहुती तथा प्रसाद वितरण कार्यक्रम रहेको समितिले जनाएको छ ।
महोत्सवमा अयोध्या धामवाट आउनुु भएका प्रखर वाचक आर्चाय मधुसुदन ज्यु वाट संगितमय कथावाचन हुने जनाइएको छ ।
कक्षा ६ देखी १० सम्म पढाई हुने सो विद्यालयमा २० जना छात्रहरुले अध्ययन गरिरहेका छन । विद्यालयमा वेद, सस्कृति तथा कर्मकाण्ड,पुराणका साथै अग्रेजी तथा गणित विषयमा कक्षा संचालन भइरहेको छ । २०७४ साल कार्तिक महिनामा दाताहरुको सहयोगमा विद्यालय संचालनमा आएको हो । विद्यालयको पढाईलाई निरन्तरता दिन महोत्सव आयोजनागर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्