तरकारीमा विषादी प्रयोग गर्दैहुनुहुन्छ होसियार ,अब कारबाहीमा पर्नुहुनेछ

तरकारीमा विषादी प्रयोग गर्दैहुनुहुन्छ होसियार ,अब कारबाहीमा पर्नुहुनेछ

विराटनगर २६ चैत्र । अत्याधिक विषादी प्रयोग घटाउन र दोषीलाई कारबाही गर्न विराटनगर महानगरपालिकामा पनि विषादी अवशेष विश्लेषण इकाई राखिने भएको छ । सोमवार विराटनगर महानगरको समन्वयमा कृर्षि भुमिसुधार तथा सहकारी मन्त्रालय वीच विराटनगरमा भएको छलफलमा विषादी अवशेष विश्लेषण इकाई राखी कार्यशुरु गर्ने सहमति भएको छ । यही आर्थीक वर्षभित्रै यो कार्यारम्भ गर्ने र विषदीको परिक्षण गरिने भएको हो । ‘इकाइले नमुना परीक्षणको काम गर्ने छ,’ १ नंम्वर प्रदेश कृर्षि भुमिसुधार तथा सहकारी मन्त्रालयका सचिव डां. हरि बहादुर केसीले भने । उनले चाढै कार्यालय स्थापना गरेर विराटनगर महानगरको समन्वयमा मन्त्रालयले काम अगाडी वढाउन खोजिरहेको जानकारी दिए । छलफल कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले केन्द्र राख्न उचित स्थान दिने र अनुगमन तथा विषादीको परिक्षणमा महानगर कटिवद्धभएर लाग्ने बताउनु भयो । उहाँले केन्द्र स्थापना भए संगै वजारमा विक्रि भइरहेको तरकारीमा विषादीको प्रयोग घट्ने विश्वास व्यक्त गर्नु भयो । छलफल कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला,वडाध्यक्ष निश्चल अर्याल,मधुवावु तिवारी,कृर्षि मन्त्रालयका उपसचिव मनोज कुमार यादव,बरिष्ठ वालीसंरक्षक अधिकृत दुर्गा पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्