सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ,उखुकोभुक्तानी नदिएको आरोप

<span class='c1'>सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक</span> <span class='c2'>बृजमोहन गुप्ता पक्राउ,उखुकोभुक्तानी नदिएको आरोप</span>

विराटनगर, २६ चैत । सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ परेका छन् । किसानबाट उखु खरिद गरेर भुक्तानी नदिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।  इस्टर्न सुगर मिलले किसानसँग उखु खरिद गरेवापतको ४४ करोड रुपैयाँ तिरेको थिएन । किसानबाट उखु खरिद गरेर पैसा नदिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

उद्योग मन्त्रीकै निर्देशनअनुसार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी स्रोतले जनाएको छ । इस्टर्न सुगर मिलले गत चैत १० गते २२ गते (बिहीवार)देखि किसानको रकम भुक्तानी गर्ने प्रक्रिया शुरु गर्ने प्रतिबद्धता जनाएको थियो । तर उद्योगले रकम भुक्तानी गर्न अटेर गरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्