विराटगोल्ड कपमा आर्मीको लज्जास्पद हार, थ्रि स्टार विजयी

विराटगोल्ड कपमा आर्मीको लज्जास्पद हार, थ्रि स्टार विजयी

विराटनगर, २६ चैत ।
विराटनगरमा जारी विराट गोल्ड कपको उपाधि थ्री स्टारको पोल्टामा गएको छ । केही बेर अघि बिराटनगर सकिएको रात्रीकालिन फुटवल प्रतियोगिताको उपाधि थ्रिस्टारले उचालेको हो । थ्रिस्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गर्दै जित आफ्नो पक्षमा परेका हुन । विराट गोल्ड कपको पाँचौ संस्करणको फाईलन खेलमा त्रिभुवन आर्मीको तर्फबाट एक गोल पनि हुन सकेन भने थ्रिस्टारले लगातर ३ गोल गरेको थियो । पटक पटक पाएको मौकाको सदुपयोग गर्न नसकेको आर्मीले विराट गोल्डकपमा लज्जास्पद हार ब्यहोरेको छ ।

११ वटा प्रतियोगितामा सहभागी भएकोमा सातवटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो । उसले सिजनको विरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ । १० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगे पनि उपाधि भने चारवटा मात्रै जितेको छ । उसले इटहरीको मदन भण्डारी, धरानको बुढाशुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि जितिसकेको छ ।प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गर्दै आएको छ। उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्