करेन्ट लागेर एकको मृत्यु चार घाइते

करेन्ट लागेर एकको मृत्यु चार घाइते

विराटनगर, २७ चैत ।
संखुवासभा र ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । संखुवासभाको चिचिला गाउँपालिका–४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराती मृतकका मामा कमान सिंह राईको घरमा मोबाईल चार्जमा राखी चलाउने क्रममा अचानक चट्याङ परी करेन्ट लागेको प्रहरीले जनाएको छ । यस्तै ताप्लेजुङको आठराई गाउँपालिका–३ मा पनि करेन्ट लागेर दुईजना घाईते भएका छन् । स्थानीय सञ्चरानी मग्राती र भारतको विहार राज्य सुपौल घर भएका जागिर आलमललाई करेट लागेको हो । घाईहरुको उपचारको लागि विएनसी अस्पताल विर्तामोड ल्याइएको छ। ताप्लेजुङकै मेरिङदेन गाउँपालिका–४ लिङतेप बस्ने ३४ बर्षिय तिलोक नाल्वो लिम्बु पनि करेन्ट घाइते भएका छन्। आफ्नै घरमा विधुत मर्मत गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको हो। उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्