धनगढी प्रिमियर लिग : फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदै

धनगढी प्रिमियर लिग :  फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदै

कैलाली,  २७ चैत । धनगढी प्रिमियर लिग अन्तर्गत आज फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा अपराजित एक्लो टिम काठमाडौं गोल्डेन्सले घरेलु टिमविरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाधि नजिक पुग्नेछ । प्रतियोगिताको लिग चरणमा काठमाडौंले चौराहालाई सात विकेटले हराएको थियो ।

आज त्यसको बदला पनि लिने मौका हुनेछ । यसअघि अघिल्लो संस्करणमा पनि यी दुई टिमले एक अर्काविरुद्ध दुई पटक खेलेका थिए । जसमा काडमाडौं गोल्डेन्स दुवै खेलमा पराजित भएको थियो । त्यति बेलाका कप्तान पारस खड्काले काठमाडौंलाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए । गएको संस्करणमा काठमाडौंलाई चौराहाले पहिलो खेलमा ११ रनले हराएको थियो भने इलिमिनेटर राउण्डमा ६ विकेटले पाखा लगाएको थियो । यो संस्करणमा आज हार्ने टिमले फाइनलमा पुग्न फेरि अर्को मौका पाउनेछ । उसले क्वालिफायर राउण्डमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियासँग खेल्नेछ ।

आज प्लेअफमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरीयाबीच खेल हुँदैछ । अघिल्लो सस्करणमा कञ्चनपुर आइकोनी नामबाट प्रतियोगितामा सहभागिता जनाएको महेन्द्रनगरले यसपटक नाम परिवर्तन गरेको छ ।त्यसैले अत्तरिया र महेन्द्रनगर दोस्रो पटक खेल्दैछन् । यसै  प्रतियोगिताको लिग चरणमा वर्षाका कारण खेल हुन नसकेपछि अंक बाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्