“बलात्कारीलाई फाँसी दे” भन्दै बेलबारीमा यसरी निस्किए युवायुवती

“बलात्कारीलाई फाँसी दे” भन्दै बेलबारीमा यसरी निस्किए  युवायुवती

बेलबारी ।  देशमा बढदो बलात्कारका घटनाहरुको बिरुद्धमा बेलबारीका युवायुवतीहरु सडकमा रयाली सहित उत्रिएका छन । "हाम्रो आवाज बेलबारीबाट प्रधानमन्त्री कार्यलय सम्म" भन्ने नाराका साथ बलात्कार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरेका युवायुवतीहरु संबिधानमा यति कुरा दे,बलात्कारीलाई फाँसी दे भन्दै प्ले कार्ड सहित युवायुवतीहरु सोमबार बलात्कारको बिरुद्धमा सडकमा उत्रिए ।

सामाजिक रुपमा सक्रिय युवाहरुको समुहले बेलबारीमा रयाली प्रर्दशन गरेको कार्यक्रम संयोजक पेरिस सुवेदीले जनाएका छन । सामाजिक रुपमा यस्ता कार्यक्रमहरु आयोजना गरिँदा बलात्कारीको मनोबल घटने र समाजमा पनि चेतना प्रबाह हुने भएका कारण यो प्रभावकारी हुने परिबर्तनका लागी युवा समाजका ऐश्वर्यप्रसाद आचार्यले बताए ।
कार्यक्रमले समाजमा सकरात्मक सन्देश प्रबाह गरेका दारी ग्याङका हेमन्त श्रेष्ठले बताए । बलात्कारका घटनामा बृद्धि हुँदै जानु र प्रभावकारी कानुन नहुँदा यस्तो समस्या भएको डब्ल्युआरआरकी मनिला सुबेदीले बताईन । रयालीले बेलबारी बजार परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्