विराटनग,२७ चैत । इलाका प्रहरी कार्यालय रानीले अवैध कुखुरासहित तीन जनालाई पक्राउ गरेको छ ।
अभियान अन्तरगत गस्तीमा निस्केको टोलीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी तस्करी गरी ल्याएको अन्दाजी तीस हजार रुपैयाँ मूल्य बराबर ३० वटा बोइलर कुखुरासहित विराटनगर १५ का सुमित राउत, सौरभ चौरसिया र विराटनगर १६ का भोला राउतलाई पक्राउ गरेका छन् ।
प्रहरीले बरामद कुखुरासहित तीनै जनालाई रानीस्थित पशु क्वारेन्टाईन कार्यालयमा बुझाइएको सो कार्यालयले जनाएको छ।