विराटनगरको खेलकुद व्यापारीको हातमा, यसरी भयो विराट गोल्डकपमा ब्यापार

विराटनगरको खेलकुद व्यापारीको हातमा, यसरी भयो विराट गोल्डकपमा ब्यापार

सुमन /प्रेम
विराटनगर, २७ चैत ।  विराट गोेल्डकपको जारी सिजनको खेल सकिएको छ । २०७२ सालमा भएको विराटगोल्ड कप २०७३ सालमा हुनै सकेन र २०७४ मा एक भब्य र आतसवाजी सहित प्रतियोगिता गएराती सम्पन्न गरिएको छ । प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लवले ३–० गोल अन्तरले हार ब्यहोरेको भएपनि बिराट गोल्डकपको यो सिजनमा थ्रीस्टारले १२ लाख ७१ हजार हात पार्ने जनाईएको भएपनि नगद ९ लाख ५३ हजार २ सय ५० रुपैयाँ मात्र हात परेर फर्किएको छ । त्रिभुवन आर्मी क्लबले ५ लाख ५१ हजार हात पारेको छ ।
खेल भन्दा ब्यापार हावी 
विराटनगरमा विराट गोल्डकप चली रहँदाको समयमा धेरै चर्चाको बिषय बन्यो ’बिराट गोल्डकपले मनपरी रकम असुल्यो ।’ हरेकका फेसबुक वालमा देखिएका एस्ता खालका स्टाटसहरुले साँच्चिकै बिराट गोल्ड कपले बढी नै रकम असुले कै हो त ? सिजलन टिकटको नाममा आयोजकले शुरुका दिनमा १५ हजारसम्म राखिएको भएपनि टिकट बिक्री हुन नसकेपछि १० हजारमा झारिएको थियो । यहाँ पनि ब्यापारको गन्ध देखियो । विराटनगरको विकासँग जोडेर हेरिएको बिराट गोल्डकप पछिल्लो समय विवाद मुक्त रहन सकेन । दर्शकहरुले कार्यक्रम स्थल मै नारावाजी गर्दै आक्रोश पोख्दा आयोजक रमिते बाहेक केही समाधानका लागि कुनै पहल गर्न सकेन ।
खेलमा यस्तो व्यापार
‘विराटनगरको शान फुटवलको विकास’ अर्को नारा दिईएको थियो । यो नाराले सबैलाई फुटवलमा सबैको पहुँच पु¥याउने हो भन्ने जस्तो देखिन्छ । त्यसैले पनि होला रात्रीको समयमा फुटवल प्रतियोगिता आयोजना गरिएको थियो । रात्रीकालिन समयमा प्रतियोगिता आयोजना गर्नको लागि कोलकताबाट फ्लडलाईटको ब्यवस्थापनको लागि प्राबिधिक टोली नै झिकाईएको थियो । उनीहरुलाई झण्डै १० लाख दिईएको आयोजक समितिका एक सदस्यले बताए । डे नाईट प्रतियोगिताको नाम दिईएको बिराट गोल्डकपमा पहिलो दिन दर्शकको चाप थेगिनसक्नु थियो । आयोजकले सोचे भन्दा धेरै दर्शकको उपस्थिती रह्यो । त्यो दिन एक सय ५० देखि २ सयसम्मको टिकट काटेर दर्शक फुटवल हेर्नको लागि रंगशाला प्रबेश गरेका थिए । तर त्यसको भोली पल्टदेखि नै त्यसको मुल्य बढाएर २ सय ५० पु¥याईयो । अर्थात आयोजकको मनोवल बढ्यो रकम जति उठाएपनि हुने रहेछ भनेर । एकाएक मुल्य बढाएर ब्यापरीहरुले आफ्नो शैली फुटवल प्रतियोगितामा पनि मुुल्यबृद्धी गरेर ब्यापार देखाए । त्यसमा हात आयोजक समितिका संयोजक नविन रिजाल कै रह्यो । अघिल्लो २ दिनसम्म स्थानीय अनलाईनहरुले लाईभ गर्ने अनुमती दिईएकोमा आयोजक समितिका संयोजक रिजालले अनलाईनबाट लाईभ गर्न प्रतिबन्ध लगाए ।
गैर जिम्मेवार आयोजक
विराट गोल्डकप आयोजक समितिले सोचेको भन्दा बढी दर्शक आएपछि टिकट लिएकाहरुले नै खेल हेर्न नपाएपछि खेल मैदान बाहिर तनाव भएको थियो । त्यसको कारण थियो दर्शक थेग्न नसक्नु । मुल गेटमा १० हजार र ४ सय दरका टिकट हातमा लिएर रंगशाला खेल मैदानमा प्रबेश गर्न लागेका दर्शकहरुलाई भित्र प्रवेशमा आयोजक समितिका संयोजक नविन रिजाल आफैले माईकबाट टिभिमा घरमा गएर हेर्न भनेपछि दर्शक आक्रोशित भएका थिए । संयोजक रिजालले भने, ‘तपाईहरुलाई राख्न सक्दैनौ तपाईहरु स्थानीय मकालु टेलिभिजनबाट लाईभ गरेका छौ घर मै बसेर हेर्नुस् ।’ खेल शुरु भएकोदेखि खेल नसकिँदासम्मको लागि १० हजार टिकट काटेर आफ्नो सिट सुरक्षित राखेका दर्शकलाई आयोजक समितिका संयोजकको त्यो कुरा ठिका लागेन उनीहरु प्रबेशद्धार नै भत्काउँला झै गरी आक्रोश पोखे । अबस्थालाई नियन्त्रणमा लिन प्रहरी नै परिचालित गर्नु परेको थियो ।
टिकटमा कालोबजारी
विराट गोल्डकपको खेल मैदान बाहिर टिकटको समेत कालोबजारी भएको पाईयो । टिकट सर्बसाधारणले सहजै पाउने अबस्था नभएपछि आयोजकहरु मध्यकै स्वयम् सेवकको बिल्ला भिरेकाहरुले नै टिकटको कालोबजारी गराएर बढी मुल्यमा टिकट बेचेका थिए । सजिलोका लागि लाईनमा बस्नु नपर्ने भएपछि दर्शकले पनि तीन सय पर्ने टिक चार सय र चार सय भनिएको टिकट पाँच सयसम्ममा बेचिएको थियो ।
रमिते प्रशासन
प्रचलित नेपालको नियम कानुन विपरित गएर ठुला खालका पटाका पड्काउँदा स्थानीय प्रशासन रमिते बन्यो । यतिमात्र हैन प्रतियोगिता शुरु भएको दिन प्रदेशका मुख्यमन्त्री शेरधन राईकै अगाडी ठुला ब्लाष्टहरु भए त्यसलाई मनोरन्जनको रुपमा लिईयोे । ठिकैहोला पहिलो दिन उत्सवको रुपमा लिईएको बताईएको भएपनि प्रतियोगिताको फाईनल खेलमा पनि आयोजकले पहिलाको दिनको गल्ती फेरी दोहोर्यायो । ठुला–ठुला आवाजमा आतिसवाजी सहितको पटाका पड्काउन स्थानीय प्रशासनले रोक्न सकेन । खेल भनेको शान्तिपुर्ण रुपमा हुनुपर्ने कतिपयको भनाई थियो । तर सर्बसाधारणलाई नै त्रसित हुने गरि यसरी पटाका पड्काईँदा त्यसलाई नियन्त्रीत गर्ने काम कसैले पनि गरेनन्। फाईनल खेलमा नेपाल सरकारका खेलकुद मन्त्री जगदबहादु्र सुनुवार, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा जिल्ला स्थीत सुरक्षा अधिकारीहरुको समेत उपस्थितीमा आतिसवाजी भईरहँदा आफ्नो घरमा भएका सर्बसाधारण निद्राबाट ब्युझिएका थिए । केही दिन अघि मात्र बिराटनगमा एक पुजारी माथि गोली प्रहारको घटना थाहा पाएका सर्बसाधारण आतिसवाजीले त्रसित देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्