स्थानीय तह र प्रदेश सरकारका संयुक्त अधिकारको बिषय चाँडै टुङगीने

<span class='c1'>स्थानीय तह र प्रदेश सरकारका</span> <span class='c2'>संयुक्त अधिकारको बिषय चाँडै टुङगीने</span>

विराटनगर, २७ चैत ।
संघीय संसदकी उपसभामुख डा शिवमायाँ तुम्बाहाम्फेले स्थानीय सरकार र प्रदेश सरकार बिचको अधिकारको समस्या समाधान पहिलो आबस्यकता रहेको बताउनु भएको छ । बिराटनगरमा प्रेस चौतारी नेपाले आयोजना गरेको पत्रकार भेटकाटमा बोल्दै तुम्बाहाम्फेले स्थानीय तहको र प्रदेश सरकार बिचको संयुक्त अधिकार रहेकोले कसलाई कहाँ ब्यवस्थित गर्ने भन्ने बारेमा अब बस्ने संसदले त्यसलाई अघि वढाउने स्पष्ट पार्नुभयो । प्रदेश र स्थानीय तह बिचको अधिकारको सन्दर्भमा संयक्त रुपमा छ त्यसको बाँडफाँडको लागि ऐन बनाउनु पर्ने आबस्यक छ, उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, बैशाख २०–२१ गते बस्ने संसद बैठक पछि यस बिषयमाल छलफल हुन सक्छ ।’
उहाँले संसद बैठक स्थगित सरकारको आग्रहमा नभई नियमित प्रक्रियामा राष्ट्रपतिको स्वीकृतमा अधिवेशन रोकिने प्रबधान अनुसार भएको बताउनुभयो । संसदमा आउनु पर्ने बिजनेशको लागि तयारी अबस्यक पर्ने भएकोले संसद बैठक रोकिन गएको स्पष्ट पार्नुभयो । सामाजिक रुपान्तरणको पक्षमा आफु रहेको स्मरण गर्दै महिलामाथि भएका बलात्कारका घटनाको सन्दर्भमा चौतर्फी बिरोध र मृत्युदण्ड सम्मको आवाज उठेको बिषयमा गम्भीर रहनु भएकी तुम्बाहाम्फेले संबिधान र कानुन भन्दा कोही बाहिर जान नसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्