नेपाल प्रहरीको २६ औं महानिरीक्षक सर्वेन्द्र खनाल नियुक्त

<span class='c1'>नेपाल प्रहरीको २६ औं महानिरीक्षक</span> <span class='c2'> सर्वेन्द्र खनाल नियुक्त</span>

काठमाडौं, २८ चैत–नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी)मा डिआईजी सर्वेन्द्र खनाल बढुवा (नियुक्त) भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले खनलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

खनाल २०४६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । आफ्नै ब्याजका डिआईजी रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।

गत साउनमा प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक डिआईजीमा बढुवा हुँदा खनाल सबैभन्दा अगाडि (१ नम्बर)मा थिए ।

खनालले कूल ८४.४७ अंक प्राप्त गरेका थिए भने दोस्रो नम्बरमा रहेका डिआईजी रमेश खरेलले  ८३.८५ र तेस्राे नम्बरमा रहेका पुष्कर कार्कीले ७८.२३ अंक प्राप्त गरेका थिए । खनाल प्रहरी सेवामा रहेर काम गरेका स्थानमा उत्कृष्ट काम गरेको छाप छाड्न सफल प्रहरी अधिकारीमा गनिन्छन् ।

महानगरीय प्रहरी अपराध महाशाखामा हुँदा काठमाडौंको शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न खनालले विशेष भूमिका निर्वाह गरेको मानिन्छ । प्रहरीको मोस्ट वाण्टेडको सूचीमा रहेका गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे)को इन्काउन्टर गर्नेदेखि राष्ट्रिय फुटबल टिममा म्याच फिक्सिङको विषयमाथि छानवीन गरेर खनाल चर्चामा आएका थिए ।

ललितपुरको बडिखेलमा १२ वर्ष अगाडि एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डका अभियुक्तहरु पक्राउ गर्न पनि खनालले विशेष भूमिका निभाएको मानिन्छ । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनाल नेतृत्वकै टोलीले पक्राउ गरेको थियो ।

पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गराई उपत्यकाको अवागमन व्यवस्थित बनाउन पनि भूमिका खेलेको मानिन्छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पाेख्रेलले उज्यालाे अनलाइनलाई जानकारी दिनुभयाे । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल तथा सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले बुधबारबाट अवकाश पाउँदैछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्