हिन्दु धर्मगुरु श्रीनिवास आचार्यको अबस्था सुधारोन्मुख, न्युरो अस्पतालमा उपचार जारी

हिन्दु धर्मगुरु श्रीनिवास आचार्यको अबस्था सुधारोन्मुख, न्युरो अस्पतालमा उपचार जारी

विराटनगर, २८ चैत ।
हिन्दु धर्मगुरु श्रीनिवास आचार्यको अबस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । २५ गते बिहान दाहिने छातीको माथिल्लो भागमा गोली प्रहारवाट घाइते भई न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल विराटनगरमा उपचारको गराई रहेका आचार्यको अबस्था सुधारोन्मुख रहेको जनाईएको छ। ईमरजेन्सीमा भर्ना भएका आचार्य विभिन्न परिक्षण पश्चात सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । उपचारको क्रममा छातीमा पाईप राखी भित्र जम्मा रहेको रगत तथा हावा वाहिर निकालिएको थियो । क्रमिक रुपमा स्वास्थ्य स्थितिमा भएको सुधार पछि अहिले आचार्यलाई पोष्ट अपरेटिभ वार्डमा राखी आवश्यक उपचार भईरहेको अस्पतालले जनाएको छ ।
यस्ता समस्या कायमै
आचार्यको अवस्था सुधारोन्मुख रहेको तर फोक्सोमा संक्रमणको खतरा अझै रही रहेको, छातीको एक्सरेमा कन्सोलिडेशन रहेको, घाउलाई नियमित डे«सिङ्ग गरी आवश्यक औषधी उपचार भईरहेको उपचारमा संलग्न वरिष्ठ चिकित्सक डा.सुदिप खनियाले जानकारी दिनुभयो ।
आईतवार बिहान शौच गर्न जाने क्रममा राती करिब २ बजे तिर आचार्य माथि गोली प्रहार भएको थियो । बिभिन्न ठाउँमा गोली लागेका आचार्यको अबस्था गम्भीर थियो ।

यसैविच एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले समेत उहाँको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनु भएको छ । आचार्यलाई भेट्न अस्पपताल मै पुग्नु भएका घिमिरेले उहाँको सिघ्रस्वाथ्य लाभको कामना समेत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्