इण्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किङ्स विजयी

इण्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किङ्स विजयी

चैत २८ – इण्डियन प्रिमियर लिग आईपीएलमा गएराति चेन्नई सुपर किङ्स विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको २ सय ३ रनको लक्ष्य चेन्नइले १ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो ।

चेन्नइका लागि साम बिलिङ्सले ५६ रनको योगदान गरे । सेन वाट्सनले ४२, अम्बाती रायडुले ३९ तथा महेन्द्रसिंह धोनीले २४ रन बनाए । सुरेश रैनाले १४ रन बनाउँदा रविन्द्र जडेजा र ड्रेन ब्राभो ११ – ११ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।

सुरुवाती ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा कोलकाताका लागि सातौँ क्रममा ब्याटिङमा आएका आन्द्रे रसेलले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८८ रन बनाएका थिए । ३६ बल सामना गरेका उनले ११ छक्का र १ चौका हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्