बिराटनगरमा पहिलो पटक जुस वर्ल्ड खुल्दै

बिराटनगरमा पहिलो पटक जुस वर्ल्ड खुल्दै

बिराटनगर चैत्र २८ , बिराटनगरमा पहिलोपटक बिभिन्न प्रकारका फलफुल लगायतको जुस पाउने “बेबी द जुस वर्ल्ड” खुल्ने भएको छ । सन् १९८२ देखि स्थापना भएको बेबी आइसक्रिमको व्यस्थापनमा उक्त जुस वर्ल्ड खुल्न लागेको  हो । बिराटनगरको महेन्द्र चोकमा २०७५ बैशाख १ गते उद्घाटन भइ खुल्न लागेको उक्त जुस वर्ल्डमा जुस बाहेक केक , आइसक्रिम , भेज फस्ट फुड , मक्टेल , बेकरीका आइटम , लस्सी, दुधका सामग्री  लगायतका खानेकुरा एकै ठाउँमा पाइने निर्देशक मुकेश कुमार मेहताले आवर बिराटनगरलाई जानकारी दिए ।

मानिसहरुको स्वास्थ्यलाई ध्यान दिएर उक्त जुस वर्ल्ड संचालनमा ल्याउन लागिएको पनि मेहताले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्