मिस नेपालको फाइनल आज , बिराटनगरका चेलीले चुम्लान त ताज !!

मिस नेपालको फाइनल आज , बिराटनगरका चेलीले चुम्लान त ताज !!

बिराटनगर चैत्र २८, द हिडेन ट्रेजरले हरेक बर्ष आयोजना गर्ने ‘मिस नेपाल’ को आज फाइनल हुदैछ । आज बेलुकी हुने मिस नेपालको २३ औं संस्करणको फाइनलमा विराटनगरबाट दुई जना प्रतियोगी अनुपमा बास्तोला र शिक्षा संग्रौला मिस नेपालको अन्तिम २५ मा पर्न सफल भएका छन्।

देश तथा विदेशका २ सय ३१ प्रतिस्पर्धिमध्येबाट बाँस्तोला र संग्रौला अन्तिम २५ मा पर्न सफल भएका हुन् ।

को हुन् अनुपमा बास्तोला ? 

विराटनगरमा सामाजिक अभियान्ताको छवि बनाएकी बाँस्तोला लामो समयदेखि विभिन्न सचेतनामूलक कार्यक्रमको नेतृत्वसमेत गर्दै आएकी छन् ।समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने बाँस्तोला हामी युवा नामक संस्थापक कोषाध्यक्ष हुन् भने उनले लामो समयसम्म युथ फर ब्लड नामक संस्थामा रहेर स्वयंसेवीका रूपमा जिम्मेवारी बहन गरेकी छन् ।

सञ्चारमाध्यमको समेत अनुभव बटुलेकी २१ वर्षीया बाँस्तोलाले पत्रकारिता विषयबाट स्नातक गरेकी छन् । मध्यम वर्गीय बाँस्तोलाले विराटनगरका युवामाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छन् । २०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधि जित्न सफल भएकी थिइन् ।

निरन्तर मोडलिङ पेशामा सक्रिय बाँस्तोला देशविदेशका गरि दर्जनबढी फेशन शोमा हिंडिसकेकी छन् । १०१७ मा लियो क्लव अफ विराटनगर इनोभेटिभको अध्यक्ष बनेकी बाँस्तोला मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकी छन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘विराटनगर मात्र नभई नेपाललाई विश्वसामू चिनाउने काममा लाग्नेछु ।’ समाजलाई सकारात्मक दिशातर्फ बढाउन युवापुस्ताले धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसतर्फ आफ्नो ध्यान रहेको उनले बताइन् ।

को हुन् शिक्षा संग्रौला ? 

बिराटनगरको मेरिल्याण्ड कलेजमा आफ्नो प्लस २ सकेर जब उनि काठमाडौं लागिन तब सुरु भयो उनको मोडलिङ यात्रा । सन् २०१४ मा लिरिल  फ्रेश फेसको उपाधि जितेकी उनले त्यसपछि नव्याता फेसन नाइट , टिजीआइएफ नेपाल फेसन विक, अन्तरास्ट्रिय जिवेलेरी शो २०१६ जस्ता राष्ट्रिय र अन्तरास्ट्रिय फेसन शोहरुमा सामेल भइसकेको अनुभब छ उनीसंग । २०१६ मा बिराटनगरमा भएको बिराट फेसन फेस्टमा बिशेष अतिथिको रुपमा पनि उनि सामेल भएकी थिइन् ।

काठमाडौंमा बिबिए अध्ययन गरिरहेकी उनि लिरिल फेश फेसको कार्यक्रम प्रस्तोता पनि हुन् । साथै उनले दर्जनौ कार्यक्रमहरु संचालन गरिसकेकी छिन ।सुन्दर अनुहारकी धनी शिक्षाले सानो उमेर मै निकै ठुलो सफलता पाएकी छिन । मिस नेपालमा राम्रो गरेर बिराटनगरको नाम राख्नेमा उनको आत्माबिश्वास बलियो रहेको उनि बताउछिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्