व्ययसाय संचालन गर्दा उद्योगी सेवामुखी हुनुपर्छ

व्ययसाय संचालन गर्दा उद्योगी सेवामुखी हुनुपर्छ

विराटनगर, २८ चैत ।
नेकपा माओवादीका नेता एंव पुुर्व मन्त्री शिवकुुमार मण्डलले व्यवसाय संचालनगर्दा उद्योगीहरुमा सेवामुुखीको भावना आवश्यक रहेको वताउनु भएको छ। वेटर व्रिक नेपाल र आनन्द इटा उधोगको आयोजनामा धनपाल थानको दादरवैरिया स्थित इटा उद्योगमा उत्तरदायी वजार मेलाको उद्घाटन गर्दै उद्योगीहरुले नाफामुुलक भन्दापनि सेवा मुुलक उधोग संचालनमा जोड दिनुुपर्ने वताउनुुभयो ।
उद्योगहरुलाई वाल श्रममुुक्त वनाउने अभियानमा समेत स्थानिय निकाय लाग्नुुपर्ने उहाको भनाई छ ।
कार्यक्रममा वोल्दै वेटर ग्रुुप नेपालका निर्देशक डिल्लिराम गिरीले इटा भट्टालाई वाल मजदुुर मुुक्त वनाउने अभियानमा संस्था लागेकाले त्यसकालागि सवैको सहयोग आवश्यक रहेको वताउनुुभयो । रंगेली नगरपालिकाका मेयर दिलिप वगडिया तथा धनपाल थान गाउपालिकाका अध्यक्ष हरिलाल सिंहले आफनो क्षेत्रमा रहेको इटा उद्योगलाई प्रदुुषण रहित तथा वालश्रम मुुक्त वनाउन आफुुहरु लागेकोमा जोड दिए । कार्यक्रममा ग्लोवल फेयरनेस इनिसेटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले इटा उद्योगमा कार्यरत श्रमिकका छोराछोरीलाई पढ्नकालागि इटा उद्योगहरुमा आफनो संस्थाको सहयोगमा विद्यालय संचालन भई रहेको वताउनुुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष कुुमोद अधिकारी, कोशी इटा व्यवसायीसंघका अध्यक्ष महेन्द्र साह, निमार्ण व्यवसायी संघ मोरङ अध्यक्ष सन्तोष ढुुंगाना तथा धनपाल थान गाउपालिका –६ नम्वर वडा अध्यक्ष मोहमद हुुसेनले मजदुुर मैत्री उद्योग आजको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्