विराटनगरमा विराट क्रिकेट कप २०७५ हुदै , ८ टिम सहभागी हुने

<span class='c1'>विराटनगरमा विराट क्रिकेट कप २०७५ हुदै</span> <span class='c2'>, ८ टिम सहभागी हुने</span>

बिराटनगर चैत्र २९ , विराटनगरमा पहिलोपटक एक दिवसीय विराट क्रिकेट कप २०७५ प्रतियोगिता आयोजना गरिने भएको छ  ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजना तथा पूर्व राष्ट्रिय खेलाडीहरु नरेश श्रेष्ठ र युनिल श्रेष्ठको पहलमा पहिलोपटक एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपालले आइसीसीबाट वानडे मान्यता पाएपछि प्रतियोगिताको फर्म्याट ५० ओवरको गराउन लागिएको  आयोजक युनिल श्रेष्ठले आवर बिराटनगरलाई जानकारी दिए । साथै सेमीफाइनल देखिका खेल डे नाइट खेलाइने पनि श्रेष्ठले बताए ।

प्रतियोगिता वैशाख २७ देखि विराटनगरस्थित नेपाल पुलिसको तालिम केन्द्रको खेल मैदानमा हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ। प्रतियोगिताको बिजेताले १२ लाख र फस्ट रनरअपले ८ लाख पाउने श्रेष्ठले बताए ।

प्रतियोगितामा सामेल टिम :

बिराटनगर टाइटन्स , चितवन क्याम्प , नेपालगंज नैग्ट्स , धनगडी रोयल्स , झापा किंग्स , सुनसरी लायन्स , काठमाडौं राइडर्स र भैरहवा वारियर्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्