वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै तालाबन्दी

वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै तालाबन्दी

बैतडी, चैत २९ । बैतडीमा वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै तालाबन्दी गरेको छ । बैतडीको सुनर्या गाउँपालिका वडा नम्बर – १ को वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

वडा नम्बर – १ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दलका अगुवाले तालाबन्दी गरेका हुन् । वडामा आएको ६५ लाख मध्ये ६० लाख रुपैयाँ सडक निर्माणमा छुट्याएको र वडा भेलाको माग विपरित वडा अध्यक्षले बजेट खर्च गरेकाले तालाबन्दी गर्नुपरेको राप्रपाका जिल्ला सदस्य दशरथ चन्दले बताउनुभयो ।

यता वडा अध्यक्ष चन्दले भने वडा भेलाबाटै भएका निर्णयहरु कार्यान्वयन भैरहेको बताउनुभएको छ । उहाँले वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्