धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली हानेकाे अाशंकामा थप २ जना पक्राउ

धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली हानेकाे अाशंकामा थप २ जना पक्राउ

अाइतबार बिहान विराटनगरकाे जतुवामा धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार गरेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दुई जनालाई घटना भएकै दिन र थप दुई जनालाई हिजाे बुधबार साँझ पक्राउ गरेको हो ।
मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले पक्राउ परेका उनीहरू चारै जनाकाे बारेमा हाल अनुसन्धान भइरहेका ले उनीहरूकाे नाम लगायतकाे विवरण सार्वजनिक गर्न नमिल्ने बताए ।

विराटनगरमा पुराण लगाउन अाएर जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । स्वामीको हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्