यसरी ल्यायो १ नम्बर प्रदेश सरकारले पहिलो बजेट, १ अर्ब २ करोड ५ लाख बजेट संसदमा पेश

<span class='c1'>यसरी ल्यायो १ नम्बर प्रदेश सरकारले पहिलो बजेट, १</span> <span class='c2'>अर्ब २ करोड ५ लाख बजेट संसदमा पेश</span>

विराटनगर, २९ चैत ।
१ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको २०७४-०७५ का लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट संसदमा पेश गरेको छ ।आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चाुल आर्थिक बर्षको ३ महिनाको लागि बजेट पेश गरेका हुन् । बजेटमा चालु खर्चतर्फ ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ ४७ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । प्रदेश सरकारले अन्य स्रोत नभएकोले संघीय सरकारबाट प्रप्त अनुदानबाटै बजेट निर्माण गरेको मन्त्री आङबोले बताए ।
बजेटमा खाद्यान्न कार्यक्रमको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । यो रकमबाट प्रदेशमा रहेका १४ जिल्लाका १-१ स्थानीय तहमा गरिब र विपन्न पहिचान गरी परिचयपत्र वितरण गरेर सुपथ मूल्यमा खाद्यान्न प्रदान गरिने जनाईएको छ ।
बजेटमा कृषि क्षेत्रको विकासको लागि ४ करोड ७६ लाख, पर्यटनको विकासको लागि ६ करोड ५३ लाख, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विकासको लागि १४ करोड ३३ लाख र सामाजिक क्षेत्रको लागि १२ करोड ५५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यस्तै प्राकृतिक प्रकोप पीडितको राहतको लागि २ करोड ४१ लाख रुपैयाँ छुट्याएको आर्थिक मामिला मन्त्री आङ्बोले बताए ।
बजेटले कृषि, पर्यटन, जलस्रोत र उर्जा, भौतिक पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ । अर्थतन्त्रलाई समाजवादउन्मुख बनाउने प्रयासहित बजेट निर्माण गरेको मन्त्री आङ्बोले जानकारी दिए । बजेट पेश गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कानुन र संरचना अभाबको कारण यो वर्ष प्रदेश सरकारले आफ्नै राजश्व संकलन गर्ने अवस्था नभएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्