एक नम्बर प्रदेश संसदमा नीति तथा कार्यक्रम प्रस्तुत , चारवटा संसद बैठक एकै दिन

<span class='c1'>एक नम्बर प्रदेश संसदमा  नीति तथा कार्यक्रम</span> <span class='c2'>प्रस्तुत , चारवटा संसद बैठक एकै दिन</span>

विराटनगर, २९ चैत ।
एक नम्बर प्रदेश संसद बैठक आथज उकै दिन ४ पटक बसेको छ । दिउँसो १ बजेको लागि बोलाईएको बैठक एक बजेर ३५ मिनेटमा शुरु भएको थियो । बैठक शुरु भएसँगै प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्र्रस्तुत गरेको नीति तथा कार्यक्रम सकिने बितिकै प्रदेश संसद १५ मिनेट मै स्थगित भएको थियो । स्थगित भएको बैठक फेरी १५ मिनेटमा बोलाईएको थियो ।
उक्त बैठकमा प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई संसदमा मुख्यमन्त्रीले टेबुल गरेका थिए । त्यस्तै बैठकमा माओवादीका सांसद टंक आङ्बोले धन्यवाद ज्ञापन गरे भने एमालेका सांसद राजकुमार ओझाले त्यसको समर्थन गरेर ५ मिनेट बैठक बसेर स्थगित भएको थियो । स्थगित भएको संसद बैठक दिउँसो ४ बजेलाई बोलाईएको थियो ।
४ बजे पछि बालाईएको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले प्रस्तुत गरेको बजेट भाषण गछि १५ मिनेट स्थगित गरेर बैठक फेरी बोलाईएको थियो । बैठकले आजै संसदबाट १ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याएको छ भने आजै बजेट संसदमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्