अब सगरमाथाको फेदीवाट साहित्य स्वादन, सगरमाथा हेर्दै रचना वाचन

<span class='c1'>अब सगरमाथाको फेदीवाट साहित्य स्वादन,</span> <span class='c2'>सगरमाथा हेर्दै रचना वाचन</span>

ओखलढुंगा, ३० चैत । नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।ओखलढुंगेली लेखक तथा सर्जकहरुले भने ०७५ सालको नयाँ वर्षमा दुई खाले साहित्यिक स्वाद चखाउने भएका छन् । प्रगतिशील लेखक संघले समुद्र सतहीबाट ३ हजार मिटर उचाइमा रहेको पत्तालेमा रहेको गौरीटापमा खुल्ला कविता तथा गजल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका कवि तथा गजलकारहरुल श्रोता तथा पाठकहरुलाई नयाँ वर्षमा नयाँ सिर्जनाको स्वाद चखाउने भएका हुन् ।

कार्यक्रम स्थलबाट महालंगुर हिमश्रृङ्खला सहज रुपमा देख्न सकिने भएकाले कार्यक्रमको नाम नै साहित्ययात्रा सगरमाथा सँगसँगै भन्ने अभियान सुरु गरिएको सर्जक तथा कार्यक्रमका प्रमुख व्यवस्थापक सिताराम गुरुङले जानकारी दिनुभयो ।

साहित्य यात्राले सर्जकहरुको भेला, अन्तरक्रिया र विचार विर्मशले नेपाली साहित्यको लेख प्रवृत्तिको समीक्षा हुने प्रगतिशील लेखक संघ, ओखलढुंगाका अध्यक्ष युवराज दाहालले बताउनुभयो । सगरमाथा हेरेर साहित्यका विभिन्न विधाको रसस्वादन गर्न पत्तालेको यात्राबाट र पर्यटकीय स्थलको प्रचार हुने आयोजकको अपेक्षा रहेको छ ।

सोलुखुम्बु र ओखलढुंगाको सीमामा रहेको पर्यटकीय स्थलमा हुने साहित्यिक कार्यक्रममा दुई जिल्लाका जनप्रतिनिधिसमेत सहभागी हुने कार्यक्रम रहेको छ । जनप्रतिनिधिलाई सहभागी गराएर साहित्यको विकासमा स्थानीय सरकारमाझ योगदान पुर्याउन आह्वान गरिने प्रगतिशील लेखक संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्