बेलबारीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु

बेलबारीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु

मृत्यु हुनेमा को१२प ४६५९ नम्बरको मोटरसाइकल पछाडी सवार ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ बस्ने १७ वर्षीय मिसेत लिम्बु छन् । लिम्बुको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक मोरङ सुन्दर–हरैचा नगरपालिका १० बस्ने १६ वर्षीय पवन राई र पछाडी सवार २० वर्षीय संगित राई छन् ।

दुबै घाइतेको सोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राति करिब ८ः३० बजे उनीहरु सवार को१२प ४६५९ नम्बरको मोटरसाइकललाई बेलबारी नगरपालिका ३, पूर्व–पश्चिम राजमार्गमा को१त ९९१० नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने ट्र्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्