अब ८ कक्षा नपढेकाले चुनाव लड्न, सरकारी जागिर खान र व्यापार गर्न नपाइने

अब ८ कक्षा नपढेकाले चुनाव लड्न, सरकारी जागिर खान र व्यापार गर्न नपाइने

आठ कक्षासम्म पनि नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत नपाइने भएको छ। नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो ।

कम्तिमा आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्था खोल्न, संस्थाको सन्चालक समितिमा रहन वा व्यापार व्यवसाय गर्न नपाइने प्रस्तावित विधेयकमा उल्लेख छ ।

यस्तो व्यवस्था अबको ९ वर्षपछि अर्थात् २०८३ सालबाट लागू गराउन कानुन आयोगले सुझाव दिएको शिक्षा मन्त्रालयका एक उपसचिवले जानकारी दिए ।

सुरक्षा निकायको सबैभन्दा तल्लो तहमा जागिर खान कम्तिमा आठ कक्षा पास गरेको हुनुपर्छ । त्यसैगरी सुरक्षा गार्ड, कार्यालय सहयोगीलगायत पदमा पनि साधारण लेखपढ गर्ने जानेकाहरुले जागिर खान पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्