कटहरीमा ५० करोड लगानीमा डेल्टा टायर उद्योग संचालनमा, २ बर्षमा चार लाख टायर उत्पादन गर्ने

कटहरीमा ५० करोड लगानीमा डेल्टा टायर उद्योग संचालनमा, २ बर्षमा चार लाख टायर उत्पादन गर्ने

प्रेम देवान
विराटनगर ३० चैत । नेपालमै ५० करोड बढीको लगानीमा टायर उद्योग संचालनमा आएको छ । नेपालबाट भारततर्फको व्यापार घाटामा चुलिँदै गएको अबस्थामा त्यसलाई केही भएपनि कम गर्नको लागि टायर उद्योग संचालनमा ल्याईएको उद्योग संचालकको दावी छ। भारत र नेपालको संयुक्त लगानीमा डेल्टा टायरको उद्योग संञ्चलन गरी नयाँ बर्षको आगमनसंगै विक्री वितरण शुरुगरेको छ । कटहरी गाउँ पालिका–४ जामुनगाछीमा उद्योगले सेमि–अटोमेटिक मेशिनवाट टायर उत्पादन गरि नयाँ बर्षदेखि टायरलाई बजारमा ल्याएको हो । विराटनगरको होटल ह्यारिसनमा एक कार्यक्रम आयोजना गरी टायर उद्योग संचालनमा ल्याईएको बारेमा जानकारी गराईएको थियोे ।
नेपालको विशाल उद्योग ग्रुपको ग्रिन टायर प्रालि र भारतको फ्युचर टायर उद्योग प्रालिले संयुक्त लगानीबाट ५० करोडको लागतमा मोटरसाईकल, स्कुटर, इ–रिक्सा , तीन चक्के ट्याम्पो र ट्रयाक्टरको ट्यूवलेश टायर उत्पादन हुनेछ । भारतको फ्यूचर ग्रुपले सिएट नाममा टायर उत्पादन गर्दै आएकोमा आगामी छ महिना भित्र उक्त कम्पनीको सहमतीमा व्राण्ड प्रयोग गरी ग्रीन टायरले आफ्नो उत्पादन भारत निर्यात गर्ने छ । उद्योगमा नेपाली लगानीकर्ताको ६५ प्रतिशत र भारतीयको ३५ प्रतिशत लगानी रहेको छ ।
उद्योगले वार्षिक २ लाख टायर उत्पादन गर्ने छ आगामी दुई वर्षमा ४ लाख तथा ५ वर्षभित्र वस, ट्रक, स्काईभेटर लगायत सम्पूर्ण यातायात साधानको टायर उत्पादन गर्ने लक्ष्य लिएको उद्योगका प्रतिनिधी विनीत सिंंहानियाले जानकारी दिए । टायर उत्पादनका लागि भारत, ईन्डोनेशिया, सिंगापुर र अफ्रिका ग्यावोनवाट ८२ किसिमका उच्च स्तरीय कच्चा पदार्थ आयात गरिएको सिंहानियाले बताए । उद्योगवाट उत्पादन हुने टायर भारतीय तथा तेश्रो मुलुकवाट आयातहुने भन्दा कम मूल्य र उच्च गुणस्तरको हुने कम्पनीले जनाएको छ ।
छिमेकी भारतका उत्तरपूर्वी प्रदेश, पश्चिम वंंगाल, विहार र उत्तर प्रदेशमा टायर उद्योग नभएकाले विक्री वितरण गर्न भारतकै अन्य स्थानवाट ढुवानी महंगो पर्ने हुँदा नेपाली टायर सस्तो र उच्च गुणस्तर हुने भएकोले भारतीय ग्राहकको रोजाईमा पर्ने उद्योग संचालकको भनाई छ । नेपालमा वार्षिक १२ लाख मोटरसाइकलको टायर र ६ लाख अन्य साना तीन चक्के सवारीको टायरको मांग रहेकोमा उद्योगले ८ प्रतिशत मांग पुरा गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्