डीपीएलको उपाधि धनगढीले जित्यो, काठमाडौं गोल्डेन्स २१ रनले पराजित

डीपीएलको उपाधि धनगढीले जित्यो, काठमाडौं गोल्डेन्स २१ रनले पराजित

धनगढी, ३० चैत । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (डीपीएल) को उपाधि घरेलु टोली टीम चौराहा धनगढीले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा धनगढीले काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि उचालेको हो । १८२ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र जोड्न सक्यो । उसका लागि अमित श्रेष्ठले ५८, कप्तान ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२, नरेश बुढाऐरले १९ तथा पुष्प थापाले १५ रनको योगदान गरे ।
धनगढीका लागि ललितसिंह भण्डारीले ३, रोहन मुस्ताफाले २ तथा योगेन्द्रसिंह कार्की र संसाद शेखले १-१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन जोडेको थियो ।

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । बलिङतर्फ काठमाडौंका लागि सुबोध भाटीले २ तथा सन्नी पटेलले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्