विराटनगरको सत्यनारायण माध्यामिक बिद्यालयमा चोरी

विराटनगरको सत्यनारायण माध्यामिक बिद्यालयमा चोरी

विराटनगर, ३० चैत । विराटनगरमा रहेको सत्यानारायण माध्यमिक विद्यालयमा गएराति चोरी भएको छ । विराटनगर–७ धरानरोडमा रहेको बिद्यालय भित्र प्रवेशगरी कोठाहरुको ताला फुटाएर चोरी गरेका हु्न् । चोरहरुले विद्यालयको प्रधानाध्यापक बस्ने कोठा, पुस्तकालय, कर्मचारी कोठा र लेखा शाखाको कोठामा लगाइएको ताला फोडेर भित्र भएका विद्युतीय उपकरण चोरी गरेको बिद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयबाट भिडियो प्रोजेक्टर–१ थान, ल्यापटप १ थान र सिसि क्यामराको डिभाईस चोरी भएको शिक्षक पुरुषोत्तम गुरागाईले जानकारी दिए । त्यस्तै विद्यार्थीको लब्धांक पनि च्यातिदिएको स्कुलले जनाएको छ । चोरी गर्ने क्रममा चोरहरुले विद्यालयका कोठाहरुमा जडान गरिएका सम्पुर्ण सिसि क्यामराका तार डिसकनेक्ट गरिदिएर चोरी गरेको प्रहरीले जनाएको छ । चोरीको बिषयमा अनुसन्धान भई रहेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्