आफुले अध्ययन गरेको विद्यालयका नातिनीलाई एमबिबिएस्सम्म पढाउने समाजसेवी गोयलको प्रतिबद्धता

आफुले अध्ययन गरेको विद्यालयका नातिनीलाई एमबिबिएस्सम्म पढाउने समाजसेवी गोयलको प्रतिबद्धता

विराटनगर १ बैसाख । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले आफुले अध्ययन गरेको विद्यालयका गुरुकी एक नातिनीलाई एमबिबिएस्सम्म पढाउने प्रतिबद्धता गर्नुभएको छ ।
तत्कालीन भद्रपुर हाइस्कुलका अङ्ग्रेजी शिक्षक आरके मुखिया (दार्जि्लिङ सर) की नातिनी नेहा सुनुवारलाई समाजसेवी गोयलले एमबिबिएस्सम्मको अध्ययन गराउने हुनुभएको हो ।

हाल ११ कक्षामा अध्ययनरत नेहाले २ वर्षको शिशु अवस्थामै आमा गुमाएकी थिइन् । उनका बाबु रविकुमार मुखिया लामो समयदेखि विकलाङ्ग भई काम गर्न नसक्ने अवस्थामा छन् । आरके मुखिया अर्थात् दार्जि्लिङ सरले उद्योगी गोयल र उनका दाजुहरू महावीर र स्वर्गीय ओमप्रकाशलाई पनि अध्यापन गराएका थिए ।

भद्रपुरस्थित कृष्ण द्वैपायन गुरुकुल वेदाश्रमको शुक्रबार सम्पत्र १३ औँ वार्षिक साधारणसभामा गोयलले नेहालाई आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा एमबिबिएस्सम्मको अध्ययन गराउने घोषणा गर्नुभएको हो । नेहा हाल भद्रपुरकै विभूति विद्या मन्दिरमा कक्षा ११ मा अध्ययनरत छिन् ।
समाजसेवी गोयलले नेहालाई वेदाश्रमका नामबाट एक वर्षको छात्रवृत्तिस्वरूप ३० हजार रुपैयाँ प्रदान गर्दै कक्षा १२ मा पनि छात्रवृत्ति जारी राख्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्