विराटनगरमा २० लाखको लगानीमा “बेबी द जुस वल्र्ड” को शुभारम्भ

विराटनगरमा २० लाखको लगानीमा “बेबी द जुस वल्र्ड” को शुभारम्भ

बिराटनगर २ बैसाख । नयाँ बर्षको अबसरमा बिराटनगरमा पहिलोपटक बिभिन्न प्रकारका फलफुलबाट बनाईएका जुस पाउने “बेबी द जुस वल्र्ड” संञ्चालनमा आएको छ ।
नयाँ बर्षको अबसर पारेर विराटनगर महेन्द्रचोक दक्षिणमा “बेबी द जुस वल्र्ड” को विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन् ।
१९८२ देखि स्थापना भएको बेबी आइसक्रिमको व्यस्थापनमा उक्त जुस वल्र्ड संञ्चालनमा आएको हो । ग्राहकहरुलाई ताजा र स्वच्छ रुपमा फलफुलका जुस अत्याधुनिक प्रबिधिबाट तयार पारी उपलब्ध गराइने  वेवी जुस वल्र्डका निर्देशक मुकेश कुमार मेहताले जानकारी दिए ।
वेवी जुस वल्र्डमा जुस बाहेक केक , आइसक्रिम , भेज फस्ट फुड , मक्टेल , बेकरीका आइटम , लस्सी, दुधका सामग्री लगायतका खानेकुरा एकै ठाउँमा पाइने मेहताले बताए । करिव २० लाखको लगानीमा वेवी जुस संञ्चालनमा ल्याईएको वेवी जुस संचालक सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्