विराटनगरमा भाटभटेनी सुपर मार्केट संचालनमा , पहिलोदिन नै थामिनसक्नु भिड(फोटो सहित)

विराटनगरमा भाटभटेनी सुपर मार्केट संचालनमा , पहिलोदिन नै थामिनसक्नु भिड(फोटो सहित)

प्रेम देवान
विराटनगर १ वैशाख । आज नेपालीहरुको नयाँ वर्ष । नँया वर्षसँगै आजदेखि नयाँ नया काम र व्यापार व्यावसाय गर्नेहरु धेरै छन् । यसैक्रममा आज नयाँ बर्षको दिन १ नम्बर प्रदेशको राजधानी विराटनगरमा नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ ।
पछिल्लो समय सपिङ महल तर्फ उपभोक्ताको आकर्षण बढ्दै गएकाले औद्योगिक नगरी विराटनगरमा ठूला व्यापारिक महल खुल्ने क्रम बढेसँगै विराटनगरमा भाटभटेनी सञ्चालनमा ल्याईएको हो । शनिबार पुजापाठ गरि भाटभटेनी सुपर मार्केटका प्रबन्धक तथासञ्चालक मिन गुरुङले उद्घाटन गर्नुभएको थियो । सुपर मार्केटको पहिलो दिन ग्राहकहरुको अत्याधिक भिड रहेको थियो । सुरुको दिनदेखि एक महिना सम्म १० प्रतिशत छुटको व्यावस्था दिनेभएका कारण पहिलो दिन ग्राहकहरुको भिड देखिन्थ्यो ।
व्यापारिक मलले उपभोक्तालाई रोजेजस्तो र खोजेजस्तो दैनिक उपभोग्य सामान खरिद गर्नुका साथै बालबालिकादेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्ने भएका कारण भाटभटेनीको १५ औँ शाखा विराटनगरमा विस्तार गरेको हो  ।

[caption id="attachment_52071" align="alignnone" width="960"] Photo : Yagya Sharma[/caption]

देशका विभिन्न स्थानमा शाखा विस्तार गरिरहेको व्यापारिक घराना भाटभटेनी सुपरमार्केटले एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले नेपालको प्रमुख व्यापारिक स्थल बिराटनगरमा भाटभटेनी सुपरमार्केटको १५ औँ व्यापारिक कम्प्लेक्स विराटनगरमा आजदेखि सञ्चालनमा ल्याईएको विराटनगर शाखाका व्यावस्थापक विनोद भट्टराईले आवर विराटनगरलाई जानकारी दिए ।

एक नम्बर प्रदेशको राजधानी विराटनगरमा एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा गरिएको भवनमा अण्डरग्राउण्ड सहित ७ तलाको बहुउद्देश्यीय व्यापारिक सपिङका रुपमा सबै सामानले भरिभराउ छ । भटभटेनीमा बेसमेन्टको स्थान पार्किङ र कार्यालयका लागि छुट्याइएको छ । भुई तलामा ग्रेसरी अर्थात खाद्य सामाग्री र पहिलो तलामा भान्साका सामग्री किचनवेयर र शृङ्गार–कस्मेटिका सामग्री राखिएको छ । त्यस्तै दोस्रो तलामा रेडिमेड गार्मेन्ट र कपडा, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक तथा चौथो तलामा फर्निचरका सामाग्री राखिएका छन् ।

सन् १९८४ मा स्थापना भएको भाटभटेनी सुपरमार्केटको काठमाण्डौ, ललितपुर र पोखरामा शाखा रहेका छन् । भाटभटेनीको महाराजगञ्ज, कोटेश्वर, पुल्चोक, बौद्ध, अनामनगर, बालाजु, कलंकी ,बुटवल, धरान पछि विराटनगरमा शाखा विस्तार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्