एक नम्बर प्रदेश सरकारको योग शिबिर देखि रक्सी नखाने सम्मका प्रतिबद्धता

एक नम्बर प्रदेश सरकारको  योग शिबिर देखि रक्सी नखाने सम्मका प्रतिबद्धता

सुमन सुस्केरा
विराटनगर, १ वैशाख
स्वस्थ्य प्रवद्र्धनकोलागि एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नयाँ बर्ष २०७५ सँगै नयाँ कार्यक्रम अघि सारेको छ । मेरो बर्ष २०७५ नाम दिएर सचेतना मुलक अभियान संचालन गरेको हो ।
आज विहान विराटनगरको रामजानकी सेवा सदनमा एक भब्य समारोहको आयोजना गरी मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्री सहितले प्रदेशलाई स्वस्थ राख्नको लागि ८ वटा बुँदामा प्रतिबद्धता जनाएका छन् । त्यसलाई पुरा गर्नको लागि विभिन्न ८ प्रतिबद्धताहरु सार्बजनिक गर्दै ति प्रतिबद्धताहरु हस्ताक्षर गरेर घोषणा गरिएको छ ।
‘स्वास्थ्य प्रति जिम्मेवार समृद्धीको आधार’ भन्ने मुल नाराका साथ आज एक नम्बर प्रदेशका बिभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थितीमा सबैलाई जवाफदेही बनाउँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको छ । प्रतिबद्धता घोषणा समारोहमा बोल्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई समृद्ध बनाउनको लागि मानिसको जीवन स्वस्थ रहनु पर्ने बताए ।
योग शिविर मन्त्री र सांसदपनि
शनिवार विहान ६ बजे बिराटनगरको राम जानकी मन्दीर परिसरमा सबै लामबद्ध रुपमा योगा गर्नको लागि तयारी अबस्थामा थिए । उनीहरुको यो अभियानको अग्रभागमा १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे सोही तालमा ताल मिलाई रहेका थिए । त्यस्तै प्रदेश नम्बर १ का सांसदहरु केदार कार्की, जयराम यादव, शान्ता पौडेल लगायतका थुप्रै संसदहरुको पनि उपस्थिती थियो । उनीहरुले आफुले सकेको र जानेको जती योग गर्दै थिए । त्यही बिचमा आईपुगे १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई । उनले पनि अरु धेरैत केही गरेनन् तर योगाको बिषयमा खुलेरै चर्चा गरे । सामाजिक विकास मन्त्री घिमिरेले योगलाई अभियानको रुपमा लैजाने उद्घोष गरे ।
एक नम्बर प्रदेशलाई सबैभन्दा नमुना र एक नम्बर बनाउनको लागि पहिलो काम नागरिकको स्वास्थ्यको बिषय भएकोले सरकारले त्यही अनुसार मेरो बर्ष २०७५को स्वस्थ्यको बिषयलाई उठाईएको मन्त्री घिमिरेको भनाईछ ।
जानकी सेवा सदन बिहान योग शिविर संचालन गरेपछि मेरो बर्ष अभियान घोषणा शुभारम्भ गरिएको छ । मेरो बर्ष घोषणा कार्यक्रममा मख्यमन्त्री र सामाजिक विकास मन्त्रीले संयुक्त रुपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै ‘म रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ खान्न’ भन्दै हस्ताक्षर गरेका छन् । त्यस्तै वातावरणीय सरसफाई अभियानको आजै देखि थालनी गरिएको छ । ट्राफिक सचेतना अभियानको पनि थालनि गरिएको छ ।
यस्ता प्रतिबद्धता
सरकारले स्वास्थ्य प्रति जिम्मेवार रहनको लागि मेरो बर्ष घोषणाका लागि ८ वटा प्रतिबद्धता सहितको घोषणा सार्बजनिक गरेको छ। म तनाव रहित जीवन व्यतित गर्छु, म ट्राफिक नियमको पालना गर्छु, म आफ्नो घर र समुदाय सफा राख्छु, म रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु भन्दै प्रतिबद्धता जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्