विवेकशील साझाको २०७५ संगठन विस्तार वर्ष, एक वर्षमा एकलाख सदस्य बनाउने घोषणा

विवेकशील साझाको २०७५ संगठन विस्तार वर्ष, एक वर्षमा एकलाख सदस्य बनाउने घोषणा

काठमाडौं ।  विवेकशील साझा पार्टीले नयाँ बर्षलाई ‘संगठन बिस्तार बर्ष–२०७५’ घोषणा गर्ने निर्णय गरेको छ। पार्टीले गत निर्वाचनमा आम सदभावका कारण २ लाख १२ हजारभन्दा बढी मत हासिल गरे पनि पार्टीको तहगत संगठन निर्माण नभएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको जनाएको छ ।
सापेक्षिक बलियो संगठन विनाको सदभावले मात्र हाम्रै जीवनकालमा मुलुकलाई रुपान्तरण गर्ने हाम्रो लक्ष्य हासिल हुन सक्दैन भन्ने  कुरामा सचेत रहेको जनाउँदै यसै तथ्यलाई मनन गरि २०७५ सालमा देशव्यापीरूपमा संगठन विस्तार गरी कम्तिमा पनि एक लाख पार्टी सदस्य बनाउने लक्ष्य लिएको संगठन विभाग प्रमुख मुमाराम खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसले पार्टीको पहिलो महाधिवेशनको लागि धरातल निर्माण गर्ने पनि जनाइएको छ। संगठन विस्तारका क्रममा नेपालमा मात्र होइन नेपालबाहिर रहेका नेपालीहरूले पनि सद्भाव समूहहरू गठन गर्न सक्ने विवेकशील साझाले जनाएको छ ।

वैकल्पिक राजनीति गर्छु मात्र भनेर त्यसको उद्देश्य पुरा हुँदैन भन्नेमा पूर्णरूपले सचेत रहेको जनाउँदै विज्ञप्तिमा सांगठनिक संरचनालाई पनि नयाँ तर प्रभावकारी स्वरुप दिने चेष्टा गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्