क्यानडाको टोरोन्टोमा पुर्बेली भाका, नयाँ बर्षमा टोरोन्टो मादलमय बन्यो

क्यानडाको टोरोन्टोमा पुर्बेली भाका, नयाँ बर्षमा टोरोन्टो मादलमय बन्यो

विराटनगर, २ वैशाख
क्यानडाको टोरन्टोको एक कम्पलेक्समा १२ जना मादल बजाएर नेपाली गित गाई रहेका थिए । बिक्रम संवतको नयाँ बर्षको अबवसर पारेर आयोजना गरिएको मादलमय कार्यक्रम आयोजना गर्नुको मुख्य कारण भनेको नेपाली मादललाई क्यानडामा चिनाउनु नै रहेको थियो । नेपाली नयाँ बर्ष २०७५ को सन्दर्भ पारेर टोरोन्टोमा नयाँ बर्षको भब्य स्वागत गरिएको छ । नयाँ बर्षको अबसर पारेर आयोजना गरिएका एक दर्जन बढी कार्यक्रममा एनआरएनलेले क्यानडामा मदलमय नयाँ बर्ष बनाएको हो । एनआरएनए क्यानडा, सिर्जनसिल नेपाली समाज, एनसिसिएसले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा मादलको प्रस्तुती बिशेष बन्यो । एकै चोटी मादल १२ जनाले बजाई रहँदा नेपाली लोक भाकाहरुले टोरोन्टोका नेपालीलाई मात्र हौस्याएन त्यहाँ टोरोन्टोका क्यानेडियनलाई समेत उत्साहित बनाएको एनआरएनएका सांस्कृतीक संयोजक सानुराजा महर्जनले जानकारी दिए ।
एनआरएनए क्यानडाका महासचिव चिरन्जीबी घिमिरे, साहित्य समाज टोरोन्टोका अध्यक्ष रमेश थापा, बिमल बस्नेत, रमेश भण्डारी लगायतले मादलको संरक्षण टोरोन्टोमा देख्दा नेपालका गाउँघर पाखा पखेरीमा गाईने भाकाको झल्को आएको प्रतिक्रिया दिए । क्यानडामा भएको यस्ता कार्यक्रमले नेपाली संस्कृतीलाई विदेशमा चिनाउने काम गरेको महासचिव घिमिरेले बताए ।
उनीहरुले भब्य रुपमा नेपाली नयाँ बर्ष २०७५ को स्वागत पनि गरेका छन् । सिर्जनशिल नेपाली समाजले एनसीसीएसले आज गरेको कार्यक्रममा पनि मादलको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष गोपी काफ्लेले हरेक नेपाली कला र संस्कृतीलाई बिशेष चाडपर्बको अवसरमा आयोजना गर्दा क्यानडाका स्थायीवासीहरु समेत उत्साहित हुने गरेको बताए । उनले भने, ‘हामी नेपाली संस्कृतीले धनी छौ, हाम्रा आफ्नै मौलिक परम्परा र संकृती रहेको छ । त्यसैलै हामी त्यसको संरक्षण सात समुद्रा टाढा रहेर पनि गरि रहेका छौ ।’ यस्ता कार्यक्रमले नेपालीलाई आफ्नो मौलिकता हराउन नदिनको लागि भुमिका खेल्दै आएको छ भने नेपाली संस्कृती विदेशी भुमीमा चिनाउने अवसर समेत प्राप्त भएको उनको भनाई छ । यसैबिच एनआरएनले क्यानडामा बादलको संरक्षण गराउने भन्दै अहिले १० जनालाई मादल बजाउने प्रशिक्षण समेत दिँदै आएको छ।
क्यानडाका प्रधानमन्त्रीले गरे प्रशंसा
यसै सन्दर्भमा नेपाली बर्ष बिक्रम संवतक २०७५को सन्दर्भमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुभकामना ब्यक्त गर्दै क्यानडामा रहेका नेपाली समुदायले आफ्नो भाषा संस्कृती र परम्परालाई निरन्तरता दिएकोमा खुसी ब्यक्त गरे । उनले क्यानडा बहुसांस्कृतीक देश भएकाले यसमा नेपाली समुदायको पनि उत्तिकै स्थान रहेको बताए । क्यानडा सरकार ै नेपाली समुदायकोलागि सँधै हित चाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्